दिपज्योती युवा परिवार दगातुन्डाडा ६ को वैठक तथा भेला आज सम्पन्न, समुदायमा प्रयोग हुने सामाग्रि व्यावस्थापनको लागी व्यावस्थापन समिति गठन ।।
माघ ०३–
दिपज्योती युवा परिवार दगातुन्डाडा ६, सिमलचौर वागलुङको वैठक तथा भेला आज सम्पन्न भएको छ । भेलाले युवा परिवारले महिला जागरण केन्द्र एकाई समितिको समन्वयमा संचालित भाँडा वर्तनको व्यावस्थापनलाई थप व्यवस्थित गराउने निर्णय गरेको छ । जस अनुसार भाँडा सेट थप गर्ने, कुर्सि थप गर्ने, साउण्ड सिस्टम सहित भाडा शुल्क तय गर्ने लगाएतका निर्णयहरु गरेको छ । त्यस्तै सामाग्रि व्यावस्थापनको लागी स्थानिय लिल वहादुर सापकोटालाई जिम्मा दिने निर्णय गर्दै थप गर्ने पर्ने सामाग्रिको आवश्यकता पहिचान गर्न लिल वहादुर सापकोटाको संयोजकत्वमा व्यावस्थापन समितिको गठन गरेको छ । जसमा सिमन्त वहादुर सापकोटा, मना राना, सिता सापकोटा, कुमार अधिकारी, होमनाथ खरेल तथा सदस्य सचिवमा गणेशमान चालिसे रहनु भएको छ । सो भेलामा युवा परिवारका सल्लाहकारहरु धिरमणी पौडेल, टेक नारायण सापकोटा, हिमलाल सापकोटा, लिल वहादुर सापकोटा, सिमन्त वहादुर सापकोटा, सोम वहादुर सापकोटा, सिता सापकोटा, मना राना, कुमार अधिकारी, शेषकान्त अर्याल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम अध्यक्ष कमल पौडेलको अध्यक्षता, कोषाध्यक्ष नारायण खरेलको स्वागत मन्तव्य तथा सचिव गणेशमान चालिसेको संचालनमा सम्पन्न भएको थियो। वैठकमा युवा परिवारका सदस्यहरु गिता पोखरेल तथा होमनाथ खरेलले सहजिकरण गर्नुभएको थियो ।

No comments: