"2513058968709111" /> ‘जातिय पहिचान सहितको सविधानले मात्र अधिकार नपाईने नेपाल मगर संघ गुल्मीका अध्यक्ष भलामीको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

‘जातिय पहिचान सहितको सविधानले मात्र अधिकार नपाईने नेपाल मगर संघ गुल्मीका अध्यक्ष भलामीको भनाई ।।

माघ ४–
गुल्मी जिल्लाका जनजाती  नेता एवं नेपाल मगर संघका जिल्ला अध्यक्ष श्रीप्रसाद भलामीले अव बन्ने संविधानमा जातिय पहिचान सहितको संघियता बने मात्र जनजाती तथा पछाडी परेका अन्य समुदायको अधिकार स्थापित हुने बताएका छन् ।  गुल्मीको नेटा गाविसमा १ गते देखि चलेको  माघे सक्रान्ति मेलाको समापन गर्दै जनजाती नेता भलामीले यस्तो बताएका हुन् । ‘परापुर्वकालमा भारतबाट हिन्दुहरु नेपाल प्रवेश गरे लगत्तै यहाँका जनजातीहरुको सनातन धर्म र आफ्नै खालको संस्कृति लगायतको पहिचान मेटाउने काम गरेको आरोप लगाउँदै उनले अव संविधान बनाउँदा जातिय पहिचान सहितको संघियता हुनु पर्नेमा जोड दिए । पहिचान सहितको संविधान बने मात्र जनजातीहरुको गुमेको पहिचान स्थापित हुन्छ’ –राजनैतिक रुपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेका भलामीले भने–‘  त्यस्तो संविधान बनाउनका लागि जनजातीहरुबाट दवावको आवस्यकता छ र जनजाती नेतृत्वले पनि त्यसैका लागि निरन्तर संर्घष  गर्दै आएको छ ।’ जनजातीहरुको सालैजो, सुनिमाया, यानीमाया जस्ता मौलिक संस्कृति संंरक्षणमा नेपाल मगर संघ गुल्मी साक्रियता पुर्वक लाग्दै आएको बताउदै नेता भलामीले त्यस समुदायका नव युवाहरुलाई पनि जुट्न आग्राह गरे । नेपाल मगर संघ नेटा गाउँ ईकाई समितिले आयोजना गरेको माघे सक्रान्ति मेलालाई उद्घाटन समेत गरेका भलामीले जातिय पहिचान सहितको संविधान बन्न नदिने षडयन्त्र भए जनजातीहरु आन्दोलनमा उत्रने चेतावनी समेत दिए । नेपाल मगर लोक कला संस्कृति संरक्षण मञ्चका केन्द्रिय कलाकाहरुले प्रस्तुत गरेको  सांस्कृतिक कार्यक्रमले त्यस भेगलाई नै जनजातिमय बनाएको थियो  । कार्यक्रममा नेपाल मगर लोक कला संस्कृति संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष मेयरसिंह थापाले आफुहरु काठमाण्डौंबाट मगर लोक संस्कृति संरक्षणमा लागेर देशभरको मगर संस्कृति जगाउने अभियानमा जुटेको र जन्मथलो नेटा गाविसमा पनि त्यसैका लागि केन्द्रिय कलाकारहरु लिएर आएको बताएका थिए । उनले हरेक वर्षको तिहारमा काठमाण्डौ, रुपन्देही र पाल्पा लगायतका जिल्लामा रहेर  मगर संंस्कृति संरक्षणमा जुटेका कलाकाहरुलाई लिएर गुल्मी जिल्लामा देउँसी भैली समेत खेल्न आउने गरेका छन् । नेटा गाविसमा जन्मथलो भएका  थापा र मञ्चका अन्य अगुवा तथा कलाकारहरुको योगदानलाई नेपाल मगर संघ गुल्मीले समेत उच्च मुल्याङ्कन गर्दै आएको जिल्ला अध्यक्ष श्रीप्रसाद भलामीले बताए । कार्यक्रममा आदीवासी जनजाती महासंघ रुपन्देहीका उपाध्यक्ष एवं  मञ्चका विशेष सल्लाहकार संजिव थापा, गुल्मी जिल्लाका अन्य जनजाती नेता, नेटा गविसकी जनजाती नेतृ रनमाया पुन, राजनैतिक दलका नेताहरु, शिक्षक वुद्धिजीवीहरुको समेत आतिथ्यता थियो । उक्त अवसरमा नेपाल मगर संघ नेटा गाउँ ईकाई समितिले त्यस गाविसका ८० वर्ष उमेर हाराहारीका जेष्ठ नागरिकहरुलाई दोसाल्ला ओढाएर सम्मान समेत गरेको थियो । आयोजकले मेलामा मगर समुदायका परम्परागत पहिरनहरुको झाँकी  र खाने परिकारहरु समेत पस्कीएका थिए । नेटा गाविस र छिमेकी गाविस दर्लिङ्ग, हवाङ्गदी गाविस जनजाती समुदायको वाहुल्य रहेको गाविसहरु हुन् । दश वर्षे शसस्त्र युद्धमा माओवादीले  गुल्मीमा आफ्नो आधार ईलाका समेत त्यस भेगलाई बनाएको थियो । संस्कृतिक कार्यक्रम तर्फ केन्द्रिय कलाकार पुर्णकला रानाको उद्घषोण र उनि संगै आएका कलाकारहरुको प्रस्तुतिले निकै रौनकता छाएको थियो । नेपाल मगर संघ नेटा गाउँ ईकाई समितिका अध्यक्ष दुजमान पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ढालबहादुर बोहरा मगरको स्वागत मन्तव्य र जिल्ला सदस्य देवेन्द्र पुन मगरको सञ्चालन रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.