"2513058968709111" /> जुम्लाका दुइ गाविसमा बौला कुकुरले टोक्दा घाइते हुनेको संख्या दश पुग्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जुम्लाका दुइ गाविसमा बौला कुकुरले टोक्दा घाइते हुनेको संख्या दश पुग्यो ।।

माघ १५–
जुम्लाको छुमचौैर र पातारासि गाविसमा हिजो र आज बौला कुकुरले टोक्दा घाइते हुनेको संख्या दश पुगेको छ । हिजो बिहान ६ बजे तिर छुमचौर गाविसको चौरगाँउबाट निस्केको बौला कुकुरले टोकेर दुइ गाविसमा घाइते हुनेको संख्या दश पुगेको हो । घाइते हुनेहरुमध्य छुमचौर १ का साउनि रावत र प्याउरी रावतको उपचार पछि घर फर्काएपनि अरु सबै घाइतेको हाल कर्णालि स्वास्थ्य विज्ञान प्रतिस्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको स्वास्थ्य विज्ञान प्रतिस्ठानले जनाएको छ । बौला कुकुरले छुमचौर गाविसका ५ जनालाइ हिजो बिहान टोकेको र छुमचौर गाविसका २ जना र पातरासि गाविसका ३ जनालाइ आज बिहान टोकेको स्थानिय बासि आङजोङ लामाले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.