"2513058968709111" /> अवैद्य रुपमा भारत लाँदै गरेका २० वटा गोरु प्रहरी नियन्त्रणमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

अवैद्य रुपमा भारत लाँदै गरेका २० वटा गोरु प्रहरी नियन्त्रणमा ।।

माघ १५–
सशस्त्र प्रहरीले भारत तर्फ लान लागेको अवस्थामा सर्लाहीको सीमराबाट २० वटा गोरु नियन्त्रणमा लिएको छ । बोडर आउट पोष्ट सीमराबाट खटिएको गस्ती टोलीले आज बिहान सीमरा गाविस वडा नम्वर ५ बाट अवैद्य रुपमा भारत तर्फ लाँदै गरेका गोरु नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको गोरु आवश्यक कारवाहीका लागी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । नियन्त्रणमा लिएका २० वटा गोरुको मूल्य ८० हजार बराबर रहेको सशस्त्र प्रहरी निरीक्षक समिप श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीलाई देख्नासाथ भन्सार छलेर गोरु भारत तर्फ लान खोज्ने तस्करहरु फरार भएका उहाँले बताउनुभयो । पछिल्लो समय सर्लाहीका खुल्ला नाकाहरुबाट प्रहरीको आँखा छली पशुचौपाय समेत भारत तस्करी गर्ने क्रम बढ्दै गएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.