घुस लिदालिदैँ जिल्ला प्राबिधिक कार्यालय पाल्पाका ओभरसियर युवराज घिमिरे पक्राउ ।।
माघ १५–
जिल्ला प्राविधिक कार्यालय पाल्पाका ओभरसियर युवराज घिमिरे घुस लिदालिदैँ पक्राउ परेका छन् । बिहीबार दिउँसो रुपन्देहीको बुटवलस्थित सुजाता होटल एण्ड लजमा सेवाग्राहीलाई बोलाएर ७० हजार रुपियाँ घुस लिदालिदैँ घिमिरे पक्राउ परेका हुन् । अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले विशेष सुराकीको आधारमा ओभरसियर घिमिरेलाई घुसलिदालिदैँ रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ । उनी स्थानीय निकायबाट स्थायी भएका जिविस पाल्पाका प्राविधिक कर्मचारी हुन् । जिल्ला प्राविधिक कार्यालय अन्तर्गत पुलको कार्यक्रम हेर्ने गरेका घिमिरेले अहिले दोभानको झोलुङ्गे पुलमा भईरहेको काम हेर्ने जिम्मेवारी पाएको जिल्ला प्राविधिक कार्यालयका प्रमूख इन्जिनियर भीमार्जुन पाण्डेले बताउनुभयो ।

No comments: