"2513058968709111" /> बुर्तिबाङमा मानव अधिकार सम्बन्धि अन्तर सम्बाद कार्यक्रम सम्पन्न, मानव अधिकार हनन गर्नेमा राज्य संयन्त्र नै बढी जिम्मेवार रहेको वक्ताको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुर्तिबाङमा मानव अधिकार सम्बन्धि अन्तर सम्बाद कार्यक्रम सम्पन्न, मानव अधिकार हनन गर्नेमा राज्य संयन्त्र नै बढी जिम्मेवार रहेको वक्ताको भनाई ।।

माघ १३–
बुर्तिबाङमा आज ‘‘आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार’’ विषयक मानव अधिकार सम्बन्धि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराको आयोजना एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा बोल्ने वक्ताले राज्यले मानव अधिकार सम्बन्धि विभिन्न २४ विषयमा अन्तराष्ट्रिय अभिसन्धि र महासन्धिमा हस्ताक्षर गरे पनि त्यसको अवहेलना स्वयं राज्यले नै गरिरहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रमका अवसरमा बोल्ने विभिन्न राज्नैतिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले राज्यले नै विभिन्न सन्धि तथा महासन्धिमा हस्ताक्षर गर्ने तर त्यसको कायृन्वय नगर्ने गरेको भन्दै, राज्यले यो गल्तीलाई त्त्काल सुधार्न आग्रह गरेका छन् ।
यसैबीच कार्यक्रममा नागरिकहरुले सरकारी कार्यालयबाट जनतालाई दिने सेवा सुविधामा ढिला सुस्ति गरिदिने, जनताले पाउने सूचनाको हकलाई हनन् गरिदिने, राज्यका नागरिकलाई सहज रुपमा दिइने शिक्षा, स्वास्थ्य, अत्यावश्यक वस्तुहरुको सहज वितरण र उपलब्धतामा खेलवाड गर्ने,  जनताको न्याय पाउने अधिकारमाथि राजनैतिक पहुँच र ठूला बडाको भन सुनमा नागरिकका अधिकार खोसिने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका अधिकृत ज्योति प्रसाद घिमिरेको अध्यक्षता, आयोगका सहायक प्रथम बिनोद परियारको स्वागत तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.