इलाका नंं . ११ बागलुङको इलाका गोष्ठी भिमगिठेमा सम्पन्न ।।
क्मल पौडेल/ १३ माघ २०७१/बागलुङ (खर्वाङ)
जिल्ला विकास समिति वागलुङको आयोजनामा आर्थिक वर्ष ०७२÷७३ को लागी इलाका नं. ११ को इलाका स्तरिय योजना तर्जुमा गोष्ठी भिमगिठेमा आज सम्पन्न भएको छ । गोष्ठी वाट इलाका नंं. ११ अन्तर्गतका दगातुन्डाडा, ग्वालीचौर, जलजला, भिमगिठे र दर्लिङ गाविसको गाँउ परिषद्वाट छनौटमा परेका योजना मध्येवाट विभिन्न योजनाहरुको प्राथमिकरण गरिएको छ । जस अन्तर्गत प्रत्येक गाविसवाट पहिलो प्राथमिकतामा मोटरवाटो देखिएको छ । सोहि अनुरुप दगातुन्डाडामा खर्वाङ नौटुवा मोटरवाटो, ग्वालीचौरमा ग्वालीचौर जलजला मोटरवाटो, जलजलामा ग्वालीचौर जलजला रणसिंह किटेनी मोटरवाटो, भिमगिठेमा भिमघाट असारे माझखर्क टुनिवोट मोटरवाटो र दर्लिङमा भिमगिठे दर्लिङ मोटरवाटो प्राथमिकिकरणमा परेका छन् । त्यस्तै खानेपानी तर्फ दगातुन्डाडाको तारेभिर खानेपानी आयोजना प्राथमिकरणमा परेको छ । भने वृहत्तर सिँचाई र साना सिँचाई तर्फ दगातुन्डाडाको वडा नं. ९ सक्न्यारको पिपलटारी साना सिँचाई कार्यक्रम, ग्वालीचौरको वडा नं. ७ को लिफ्टिङ सिँचाई, भिमगिठे वडा नं. २ को सिंचाई तथा दर्लिङ खोला सिँचाई कार्यक्रम प्राथमिकिकरणमा परेका छन् । त्यस्तै लक्षित वर्ग तर्फ दगातुन्डाडामा जनजातिका संग्राहलय निर्माण गरिने, ग्वालीचौरमा वृद्ध आश्रम निर्माण गरिने, जलजलामा वालवालीका लक्षित कार्यक्रम संचालन गर्ने, भिमगिठेमा महिला लक्षित कार्यक्रम अन्तर्गत घरेलु हिँसा नियन्त्रण कार्यक्रम संचालन गर्ने, र दर्लिङमा दलित लक्षीत कार्यक्रम अन्तर्गत आरन सुधार कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । त्यसै गरि नितिगत तर्फ, जिल्ला विकास समितिको कार्यालयले संचालन गर्न नसक्ने आयोजनाको लागी राष्ट्रिय योजना आयोग, लगाएत केन्द्रका विभिन्न निकायमा माग अगाडि वढाउने निर्णय गरिएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विष्णु भुसालले जानकारी दिनुभएको छ । गोष्ठीमा नेपाली काँग्रेसका गण्डकी अधिकारी, नेकपा एमालेका विष्णु भुसाल, एकिकृत माओवादीका जित वहादुर थापा, राष्ट्रिय जनमोर्चाका खगेन्द्र श्रीस, लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रममा विषयगत कार्यालयको तर्फवाट कार्यालयको कार्यक्रमको वारेमा समेत जानकारी दिइएको थियो । कार्यक्रम जिल्ला विकास समिति वागलुङका सुचना अधिकृत अखिलनाथ शर्माको अध्यक्षता, जलजला गाविस सचिव थम्मन वहादुर रेश्मीको स्वागत मन्तव्य तथा जिल्ला विकास समितिका टेक वहादुर आर.सि. को संचालनमा सम्पन्न भएको थियो।

No comments: