गुल्मीमा पहिलो पटक महिलालाई गहना बनाउने तालिम सम्पन्न ।।
प्रेम सुनार , गुल्मी
माघ १३–
गुल्मी जिल्लामा पहिलो पटक महिलालाई गहना बनाउने तालिम एक संस्थाले दिएको छ । क्रष्टल गहना अर्थात वजारमा पाईने रेडिमेट पथ्थर जोडित औठी, माला , चुरा लगायतका गहनाहरु बनाउने तालिम घरेलु तथा साना उद्योग विकास समिति गुल्मी शाखाले यहाँका १५ जना महिलाहरुलाई दिएको हो । माघ ६ गते देखि सुरु भएको उक्त तालिमको आज समापन गरिएको छ । उक्त तालिम गुल्मी जिल्लामा पहिलो पटक दिईएको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोखरेलले बताए । ‘ यो तालिम गुल्मीमा पहिलो हो, पश्चिम क्षेत्रमा प्रशिक्षक समेत नपाएर वंगालादेशमा तालिम प्राप्त प्रशिक्षक कमला सुवेदीलाई काठमाण्डौबाट झिकाएर दिईएको हो, निकै प्रभावकारी हुने अपेक्षा राखेका छौं । ४५ हजार लागतमा सम्पन्न तालिममा एकल महिला, कम आय भएका र आत्मनिर्भर बन्न ईच्चुकहरुलाई सहभागि राईएको थियो । गुल्मी उद्योग वाणिज्य संघको सहकार्यमा सुरु गरिएको तालिममा वलेटक्सार, रिडी , वामी टक्सार र तम्घास जस्ता मुख्य व्यापारिक केन्द्रिका महिलाहरु सहभागि थिए । तालिममा सहभागि रेसुङ्गा नगरपालिका उपल्लो तम्घासकी महिला मेनुका पन्थी पोखरेलले सिकेको तालिम प्रभावकारी भएको बताईन् । ‘अव आफुलाई त्यस्ता गहना बनाएर स्वरोजगार बन्ने आँट आएको छ ’ पोखरेलले भनिन्’– ति गहना बनाउने कज्जा पदार्थहरु म्याडम ( प्रशिक्षक सुवेदी ) संग अर्डर गरेका छौं उहाँले काठमाण्डौबाट पठाउन साथ काम सुरु गर्ने छौं । अन्य महिलाहरुले पनि आत्मा निर्भर बन्न सक्ने आँट आएको बताए । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि सिकेको तालिमलाई व्यवहारमा उतार्न आग्राह गरेका थिए । समापन कार्यक्रममा सुशासन अभियानका अध्यक्ष श्यामकुमार पाण्डे, महिला सम्वन्य समिति गुल्मीकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा लगायतको आतिथ्यता थियो । गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा आयोजक समितिका वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।

No comments: