"2513058968709111" /> वामीलाई खुल्ला दिशा मुक्त घोषणा अभियानले तिब्रता पाउँदै, आज वामी ९ को अनुगमन गरियो । - अनिश शर्मा गैरे
Breaking News
recent

वामीलाई खुल्ला दिशा मुक्त घोषणा अभियानले तिब्रता पाउँदै, आज वामी ९ को अनुगमन गरियो ।

अनिश गैरे, वामी गुल्मी
गुल्मी ,माघ १३–
वामीलाई खुल्ला दिशा मुक्त, गाबिस घोषण गर्ने अभियानले तिब्रता पाईरहेका बेला आज वामी ९ को अनुगमन गरिएको छ ।  वामी वडा नम्बर ९ अन्तर्गत्का ६५ घरधुरीको अनुगमन गरिएको छ । जसअनुसार केही घरधुरीहरुमा शौचालय निर्माण नभएको पाईएकोले छिटटै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरिएको थियो । वडा सयाेंजक बलराम खराल, महिला स्वास्थय स्वयं सेबिका माया खराल, अनुगमन समितिका सदस्य गणेश सापकोटा, समाजीक परिचालक गँगा रायमाझी लगायतको समुहले अनुगमन गरेको हो । साथै अनुगमनकै क्रममा प्रत्येक घरधुरीले अब्यबस्थित प्लास्टीक, सिसा तथा अन्य फोहोर पदार्थहरुको नियन्त्रण गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । साथै वामीका समाजीक परिचालक गँगा रायमाझीले यस अभियानलाई सबैले साथ दिन आगह गर्दै, अब्यबस्थित फोहोर नियन्त्रण गर्न आग्रह गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.