रिडी मेला सकियो २ करोड भन्दा बढिको कारेबार ।।
माघ ०५–
गुल्मीको रिडीको माघे सक्रान्ती मेला सम्पन्न भएको छ । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरुस्थित रिडीमा यसवर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न हुने भएको हो । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरुफ्रेण्ड क्लवको आयोजना र रुरुस्थित १ दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरि सक्रान्ती मेला चलेको थियो । मेलाको माघ १ गतेनेपाल सरकारका उर्जा मन्त्री राधा ज्ञवालीले गर्नु भएको थियो ।
मेलामा बिगतका वर्षहरुमा भन्दा यसवर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेतथप गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल रिडीमा यसवर्ष अन्य वर्षमा भन्दा फरक श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ पनि भएको थियो । यशोदादेवी लम्सालको मुखारबृन्दबाट सप्ताह महायज्ञ श्रीमद् भागवत महापुराण तथा प्रवचन भएको थियो । महायज्ञमा प्रत्येक दिन श्रीमदभागवत महापुराण बाचन, रुद्रिपाठ, चण्डीपाठ तथा बिभिन्न भक्ति संगित प्रस्तुत गरिएको रुरुफ्रेण्ड क्लवका अध्यक्ष हिमाल श्रेष्ठले बताउनु भयो । माघे सक्रान्तीमा रिडीमा मेला लाग्ने रिडीको बगर क्षेत्र स्टलहरु राखिएको थियो स्टलहरुमा गुल्मी जिल्लाका बिभिन्न कृषि सामाग्रीहरु,तथा जिल्ला बाहिरबाट बिभिन्न व्यासायीहरुले पनि स्टलराखी व्यापार गर्ने गर्दछन । मेलामा यसवर्ष करिव २ करोड भन्दा वढीको कारोवार भएको आयोजकले जनाएको छ । यसवर्ष रिडीको स्याङ्गजा तर्फ चन्डीभन्ज्याङ्ग गाबिसका बासिन्दाहरुले चन्डीभन्ज्याङ्ग मिनी महोत्सवको रुपमा मनाएका छन भने कालीगण्डकी नदीमा नमुना अस्थाई झोलुङ्गे पुल निर्माण गरिएको थियो । मेलामा अबलोकन सगै कालिगण्डकी नदिमा स्नान गर्न गुल्मी जिल्लाका बिभिन्न गाविस सगै पाल्पा, अर्घाखाँची,स्यङ्गजा,वाग्लुङ्ग,प्युठान,बुटवल लगायत नेपालका बिभिन्न जिल्लाहरुबाट तिर्थालु भक्तजन सगै मानिसहरु मेलाको अबलोकन आएका थिए । ऐतिहासिक क्षेत्र रुरु गाबिसको रिडीमा यसवर्ष भएको बृहद सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित नायिका रेखा थापा सगै चर्चित कलाकारहरु बोम बहादुर कार्की, नारायण रायमाझी,शर्मिला गुरुङ्ग,शिब परियार, खुमन अधिकारी,रामजी खाँड, बावुराम पन्थी,शिरिष देबकोटा, राम चन्द्र चन्द,मञ्जु पौडेल ,राधिका हमाल, सपना गाहा, सम्झना लामिछाने,लगायत दुई दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरु सगै स्थानिय कलाकारहरुको पनि सहभागिता रहेको सांस्कृतिका कार्यक्रम संयोजक शुसिल श्रेष्ठले बताउनु भयो । मेलामा हाँस्य टेलि सृखला भद्रगोलका जिक्री र पाडेको पनि रमाईलो प्रस्तुती रहेको थियोे । मेलामा राष्ट्रिय स्तरका डान्सरहरु सगै छमछमी स्टर पुर्णिमा श्रेष्ठ, समलिङ्ग डान्सर सगैबुटवलको चर्चित डान्सरको टोलीले पनि मेलामा प्रस्तुती देखाएका थिए । सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीका ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिएको रुरुफ्रेन्डस क्लवका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो । गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्र्तिके ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । गुल्मी,पाल्पा, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यसक्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ । सोहि धार्मिक मान्यता अनुसार यस पबित्रधाम रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ रिण, देव रिण तथा रिषी रिण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुपयस क्षेत्रमा माघे सक्रान्ती तथा बिभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पुजा आजा गर्ने भत्तजनाको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको बताईएको छ

No comments: