"2513058968709111" /> कालिज मार्न गएका युवा मृत भेटिए ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कालिज मार्न गएका युवा मृत भेटिए ।।

माघ १०–
दोलखाको मिर्गे गाविसका एक युवाको कालिज मार्न जाँदा ज्यान गएको छ । जिल्लाको दक्षिणी मिर्गे गाविस ९ यार्सा बस्ने २५ वर्षका चन्द्र बहादुर खत्रीको भरुवा बन्दुकको गोली लागेर हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्तकुमार लामाले जानकारी दिनु भयो ।  हिजो साँझ घर नजिकैको जंगलमा कालिज मार्न हिडेका खत्री राति अबेरसम्म घर नआए पछि पत्नी सहितका आफन्त खोजीका लागि जंगल गएका थिए । खोजीका क्रममा खत्री छातीमा गोली लागेको अवस्थामा रुखको फेदमा मृत फेला परेको लामाले जानकारी दिनु भयो । घटनास्थलमा प्रहरीले एउटा फायर भइसकेको भरुवा बन्दुक र गुलेली फेला पारेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.