"2513058968709111" /> नेकपा एमाले अर्लाङ्कोट तथा वामीको आयोजानमा श्रद्धाञ्जली सभा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेकपा एमाले अर्लाङ्कोट तथा वामीको आयोजानमा श्रद्धाञ्जली सभा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष २६–
नेकपा एमाले अलाङकोट र वामी गाउँ कमिटिको आयोजनामा श्रद्धाञ्जली सभा अलाङकोट ७ ददल्कामा सम्पन्न भएको छ । नेकपा एमाले अलाङकोटका अध्यक्ष महेश खरेलको सभापतित्व रहेको कार्यक्रममा वामीटक्सार स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष अग्निधर लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले वामी गाँउ कमिटिका उपाध्यक्ष गोपी कृष्ण खरेल्की ममतामयी माता रुपकली खरेलको यहि पौष १९ गते भएको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै उपस्थित हरुले समबेदना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिभिन्न संघ संस्थाद्धारा १७ ओटा समबेदना पत्र प्रस्तुत गरीएको थियो । सभामा नेकपा एमाले सल्लाहकार सदस्य भक्तिराम सापकोटा, उद्योग वाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, वामी टक्सार स्वास्थ्य चौकीका ईन्चार्ज नारायण सापकोटा , रुद्रावति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामु तिवारी, परोपकार बुहुउद्धेश्यीय सहकारी सस्था वामीका सदस्य अग्निधर अर्याल, , नेकपा एमाले अर्लाङ्कोटका सदस्य खडक बहादुर खत्री, नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीका डिलराज खरेल, सामुदायिक रेडियो पुष्पाञ्जली सञ्चालक समिति कोषध्यक्ष दिनेश खाती, लगायतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले वामी गाँउ कमिटीका अध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो ।
यसैबिच नेपाली काङ्ग्रेस अर्लाङ्कोटकले पनि श्रद्धाञ्जली सभा सम्पन्न गरको छ । नेपाली काङ्ग्रेस गाँउ कार्य समिति अलाईङ्कोटका सक्रिय सदस्य सुरेश खरेलकी ममतामयी माता रुपकली खरेलको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै समबेदना ब्यक्त गरीएको थियो । नेपाली काँग्रेस अलाङ्कोटका सभापति बिश्वनाथ सापकोटाको सभापतित्व रहेको सभामा नेपाली काङ्ग्रेस पुर्ब क्षेत्रीय उपाध्यक्ष यादुलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । सभामा नेपाल तरुण दल अर्लाङ्कोटका अध्यक्ष हरिनारायण सापकोटा, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिब डिल्लीराज खरेलले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.