"2513058968709111" /> नवप्रतिभा बचत तथा क्रृण सहकारी संस्था खर्वाङ बाग्लुङको योजना तर्जुमा तथा समिक्षा गोष्ठी सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नवप्रतिभा बचत तथा क्रृण सहकारी संस्था खर्वाङ बाग्लुङको योजना तर्जुमा तथा समिक्षा गोष्ठी सम्पन्न ।।

नवप्रतिभा बचत तथा क्रृण सहकारी संस्था खर्वाङ बाग्लुङको योजना तर्जुमा तथा समिक्षा गोष्ठी सम्पन्न  ।।
अनिश गैरे, वामी गुल्मी
पौष २६–
नवप्रतिभा बचत तथा क्रृण सहकारी संस्था दगातुम्डाडा ७ खर्वाङ बाग्लुङको योजना तर्जुमा तथा समिक्षा गोष्ठी खर्बाङ.को जीबीस हलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिष्णु प्रसाद खरेलको सभापतित्व रहेको गोष्ठीले आउदो माघ ७ गते १८ औ वार्षिक साधारण सभा गर्ने, जग्गा धितोबाट क्रृण लगानी गर्ने, दैनिक बचत तर्फ चल्ती खातामा ६ प्रतिशत ब्याज प्रदान गर्ने,  संस्थाको सेवा विस्तार गर्ने, संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने बिषयमा निर्णयहरु गरको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस दगातुम्डाडाका सभापति रत्न बहादुर क्षेत्री, नेकपा एमाले दगातुम्डाडाका उपाध्यक्ष गोम बहादुर राना, पशु सेबा केन्द्र खर्बाङ्का प्रमुख महेन्द्र पन्थी, मिलन ब्यबसायीक कृषि सहकारी संस्था लिमिटेड खर्बाङ्का अध्यक्ष बिष्णु केसी, खड्कदेबी उमाबि दगातुम्डाडाका प्राचार्य बेद प्रसाद पोखरेल, निबर्तमान गाबिस अध्यक्ष मित्र बहादुर पुन, साुमदायिक रेडियो पुषपञ्जली वामीका कार्यकारी प्रमुख कौरब खत्री, सामुदायिक रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल लगायत बिभिन्न संघसस्ँथाहरुका प्रतिनिधिहरुको बिशेष उपस्थिती रहेको थियो । बैठकमा संस्थाका मुल सञ्चालन समिति, लेखा समिति शिक्षा समिती, क्रृण समिति, लगायतका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब दुर्गा अर्यालले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.