"2513058968709111" /> काठ तस्करी हुनेक्रम बढदै् ।। - अनिश शर्मा गैरे
Breaking News
recent

काठ तस्करी हुनेक्रम बढदै् ।।

माघ १२–
कैलालीको सुगरखालमा रहेको जालवा सामुदायिक बनमा ब्यापक काठ कटानि तथा निकासि भैरहेको खुलासा भएको छ । सामुदायिक बन भित्र बाट अबैध रुपले ढलापडा तथा काचा रुखहरु कटानि गरी चोरी निकासि हुने क्रम बढे पनि सम्बन्धीत पक्षको त्यसमा ध्यान जान नसकेको बताइएको छ । स–साना तथा ठुला काठ काटेर दिन दहाडै लगाएत रातिको समयमा समेत साईकलमा बाधेर चुरेक्षेत्र बाट काठ निकासि हुनेक्रम बढेको स्थानिय सुगरखाल ९ राजकाडाका उपभोक्ता  लोकेन्द्र शाहिले गुनासो गरेका छन । राजकाडा लगाएत चुरेक्षेत्रमका बिभित्रै काठ कटानि गरी चिरानि समेत हुने गरेको स्थानियको गुनासो बढेको छ । यसैबिच जिल्ला वन कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा काठ चोरीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । कञ्चनपुरको विभिन्न स्थानबाट अबैध रुपमा काठ चोरीमा संलग्न १९ जना विरुद्ध मुद्धा दायर गरिएको छ । काठ तस्करहरुका साथबाट ६ महिनाकै अवधिमा ९१ क्युफिट अवैध काठ समेत बरामद गरिएको छ । चालु आर्थिक बर्षको साउनदेखि पुस महिनासम्म सरकारी वनबाट तस्करी हुँदै गरेको ३९ दशमलव ६८ क्युफिट तथा निजी–आवादी वनबाट अवैध रुपमा काटिएको ५२ दशमलब ६६ क्युफिट काचो काठ बरामद गरिएको जिल्ला वन कार्यालय कञ्चनपुरका मुद्दा शाखाका नायव सुव्बा यदुराज जोशीले जानकारी दिनुभयो । सरकारी वनबाट बरामद गरिएको सबै सालको काठ तथा निजी वनबाट बरामद गरिएको लिप्टीस लगायतका मसलाको काठ रहेको उहाँले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.