बैतडीको पाटनमा कुकुरले टोक्दा ९ जना घाईते
माघ १२–
बैतडीको पाटन नगरपालिका वडा नं. ११ र १३ मा बौलाहा कुकुरले टोक्दा ९ जना घाईते भएका छन् । बौलाहा कुकुरले सोमबार अर्थात आज दिउसो नगरपालीकाका वडा नं ११ र १३ मा पर्ने डोबरा, पेला, बेडौति लगायतका क्षेत्रमा एक्कासी आक्रमण गरेपछि ९ जना घाईते भएका हुन् । घाईते हुनेमा पाटन नगरपालीका १६ वर्षीय महेश जोशि, ५४ वर्षीय कमला विष्ट, ६ वर्षीय बालिका प्रतिक्षा भण्डारी, ४० वर्षिय मञ्जु भुल, ५६ वर्षिय जानकी चन्द र ३ वर्षिय बालिका ल्क्ष्मी भुल रहेका छन् त्यस्तै पाटन नगरपालिकाकै विस्ना भुल, निला भुल र भुपेन्द्र रोकाया पनि कुकुरको टोकाईबाट घाईते भएको इलाका प्रहरी कार्यालय पाटनले जनकारी दिएको छ । घाईतेहरुको अहिले जिल्ला अस्पताल बैतडी र उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

No comments: