"2513058968709111" /> एमाले दगातुन्डाडाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न, मृतकका परिवारलाई नगद राहत हस्तान्तरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एमाले दगातुन्डाडाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न, मृतकका परिवारलाई नगद राहत हस्तान्तरण ।।

माघ ४–
नेकपा एमाले दगातुन्डाडा बागलुङको आयोजनामा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ८ निवासी पूर्व जननिर्वाचित वार्ड सदस्य तथा नेकपा एमालेका सक्रिय कार्यकर्ता जुद्ध वहादुर विकको आज सातौं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । कार्यक्रममा नेकपा एमाले धौलागिरि अञ्चल कमिटि सदस्य शुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, जिल्ला कमिटि सदस्य डम्वर श्रीस, जिल्ला सल्लाहकार परिषद्का सदस्य तथा पूर्व गाविस अध्यक्ष मित्र वहादुर पुन, गाँउ कमिटि सल्लाहकार लक्ष्मण वराल, अखिल नेपाल महिला संघ क्षेत्रिय कमिटि सदस्य कृष्ण कुमारी राना, वडा नागरिक मंच दगातुन्डाडा ८ का संयोजक होसियार सिंह थापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा एमाले गाँउ कमिटि दगातुन्डाडाका अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता तथा सचिव आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरुले जुझारु युवा नेता जुद्ध वहादुरको योगदानको चर्चा गरेका थिय । कार्यक्रम नेकपा एमाले गाँउ कमिटि दगातुन्डाडाको तर्फवाट वि.क.को परिवारलाई राहत स्वरुप दश हजार एकाउन्न रुपैंया प्रदान गरिएको छ । सो रकम जुद्ध वहादुर कि छोरी लुस्मा विकलाई हस्तान्तरण गरिएको हो । जुद्ध वहादुर को परिवारमा एक छोरी मात्रै छन् । श्रीमतिको पहिले नै मृत्यू भएको थियो । वि.क.को ५४ वर्षको उमेरमा यहि पौस २८ गते निधन भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.