"2513058968709111" /> दोस्रो गुल्मी महोत्सवको मुल आयोजक मितीको बैठक सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दोस्रो गुल्मी महोत्सवको मुल आयोजक मितीको बैठक सम्पन्न ।।

माघ १०–
“गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन र व्यापार दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार” एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवको मुल आयोजक समितीको बैठक सम्पन्न भएको छ । शनिवार गुल्मी उद्योगवाणिज्य संघको सभा हलमा सम्पन्न बैठकमा बिभिन्न समितीहरुका पदाधिकारीहरुको सहभागिता बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । महोत्सव मुल आयोजक संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा बिभिन्न ३६ वटा उपसमितीहरुले हाल सम्म गरेका प्रगती तथा आगामी दिनहरुमा गर्नु पर्ने योजनाहरुको बारेमा समेत छलफल, सल्लाहा सुझाव समेत संकलन गर्दै आगामी दिनहरुमा सोहि अनुसारले अगाडी बढने निर्णण गर्दै सम्पन्न गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयका जानकारी दिनुभयो । बैठकले दोस्रो गुल्मी महोत्सवमा थप आकर्षण गर्नको लागी हेलिकप्टरको ब्यावस्था मिलाउनको लागी पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा समिती समेत गठन गरेको छ । यस्तै महोत्सवको सुचना प्रसारण गर्न गुल्मी जिल्लाका बिभिन्न संञ्चार माध्यम एफएम रेडियोहरुलाई दिने निर्णय गरेको छ । बैठकले गुल्मीको चिदीचौरमा संञ्चालन गर्दै आएको हाट बजार चिदीचौरमा खेल मैदान निर्माणको क्रममा बन्द रहेकोले पुन तम्घासको चारिखोलामा संञ्चालन गर्ने भएको छ । जिल्ला बिकास समिती गुल्मी, जिल्ला कृषि बिकास कार्यालय गुल्मी, जिल्ला पसुसेवा कार्यलय गुल्मी, रेसुङ्गा नगरपालिका र गुल्मी उद्योगा वाणिज्य संघको सयुक्त लगानीमा जिल्ला बिकास समितीको स्वामित्वमा रहेको रेसुङ्गा नगरपालिका वाड नं.१० चारिखोला स्थित निमार्णधिन कृषि तथा पसु उपज संकलन केन्द्रमा आगामी शनिवार अर्थात यहि माघ १७ गते बाट संञ्चालनमा ल्याउने निर्णय समेत गरेको बताइएको छ भने जिल्लाका शनिवार बन्द रहने पसलहरु केतिपय व्यापारिहरुले बन्द नगरेको भन्ने सुचना प्राप्त भएकाले पुर्ण रुपमा बन्द गरिदिनुहुन आग्रह समेत गरेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव एबं दास्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । वाणिज्य संघले अनुगमनको क्रममा बन्द नगरेको पाएमा जरिमान समेत गर्ने बताइएको छ । यस्तै आजै गुल्मी जिल्लाका  होटल व्यावायिहरु संग पनि छलफ सम्पन्न भएको छ । व्यावसायिहरुल महोत्सव सफल बनाउन आश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन । यस्तै प्रचार प्रसार एबं पर्यटकिय स्थल अबलोकन व्यवस्थापन समितीकाले पनि प्रचार प्रसारका कामहरुलाई तिब्र पारिएको प्रचार प्रसार एबं पर्यटकिय स्थल अबलोकन व्यवस्थापन समितीका संयोजक श्रीप्रसाद भलामीले जानकारी दिनु भयो ।  महोत्सवको लागी प्रथम चरणमा ब्रोसर तथा महोत्सवको लोगो स्टीकट तथा जिङ्गगल तयार पार्नेकाम अन्तिम चरणमा पुगेको र जिल्लाका बिभिन्न संञ्चार माध्यमबाट सुचना प्रसारण गरिने र अन्य कामहरुपनि तिब्रगतिमा भैरहेको जानकारी दिनुभयो ।  गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ बैशाखमा  प्रथम गुल्मी महोत्सव भएको थियो । पहिलो महोत्सवको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो । पहिलो महोत्सवमा १ सय २० स्टलहरु रहेका थिए भने ६ करोड भन्दा बढीको आर्थिक कारोवार भएको थियो भने यस वर्ष १ सय ५० स्टलहरु रहने महासचिव एबं दास्रो गुल्मी महोत्सव सचिवालय संयोजक पोखरेलले जानकारी दिनुभयो । यस वर्ष पनि ५ करोड भन्दा वढी करोबारहुने पोखरेलले जानकारी दिनुभयो । महोत्सव सफल वनाउन यतिबेला गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा मुल समारोह समिती गठन गरिएको छ । समितीको सदस्यमा जिल्लाका बिभिन्न संघ संस्था, पुर्व मन्त्री सभासद लगायत गुल्मी जिल्लाका बिभिन्न तह तप्का व्यत्तिहरु समेत सदस्यमा रहेका छन । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थालहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी गुल्मी महोत्सवको आयोजना गरिएको बाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले वताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.