वामी प्रहरी तथा बिबेकशील आमा समुहद्धारा वामी ३ मा सरसफाई गरियो ।।
अनिश गैरे, वामी गुल्मी
माघ १०–
बिबेकशील आमा समुह वामी ३ तथा वामी प्रहरीको सक्रियतामा आज वामी वडा नम्बर ३ को सरसफाई गरिएको छ । प्रहरी चौकी वामी तथा बिबेकशील आमा समुहकी अध्यक्ष सुमित्रा सापकोटाको नेतृत्वको टोलीले वामी ३ परुवा तथा ढाबरोड लगायतका स्थानमा भएका प्लास्टीक, सीसा, तथा अन्य बिषालु फोहोर बस्तुहरुको ब्यबस्थापन गरिएको वामी प्रहरी चौकीका ईन्चार्ज घनश्याम ढकालले जानकारी दिनुभयो । आफ्नो गाँउ आफै सफा सुग्घर बनाऔँ भन्ने अभियान सहित सरसफाई गरिएको हो ।
साथै ढकालले वामी लाई खुल्ला दिशा, प्लास्टीक तथा अब्यबस्थित फोहोर बाट मुक्त बनाउने अभियानमा सर्बलाई साथ दिन आग्रह गर्नुभयो । साथै उहाँले आफ्नो घरमा तत्काल शौचालय निर्माण गरी आफुलाई सभ्य नागरीकको रुपमा चिनाउन पनि आग्रह गर्नुभयो । शौचालय निर्माण नगर्नै घरधुरीलाई गाबिस तथा जीबीसबाट प्राप्त हुँने सम्पुर्ण सेबा सुबिधा बाट बञ्चित गरिने समेत चेतावनी दिनुभयो ।

No comments: