"2513058968709111" /> नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङको १८ औं वार्षिक साधारण सभा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङको १८ औं वार्षिक साधारण सभा सम्पन्न ।।

मघ ७–
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७, खर्वाङ, बागलुङको १८ औं वार्षिक साधारण सभा आज खर्वाङमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै दगातुन्डाडाका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुनले सहकारीले व्याक्तिको जिवन स्तर वृद्धिमा सहयोग पुर्याउने वताउनु भएको छ । सहकारी मार्फत नै देशको आर्थिक अवस्था समृद्धिमा पुग्न सक्ने वताउदै पुनले सहकारी निमुखाको धन भएको वताउनु भएको छ । कार्यक्रममा संस्थाका तर्फवाट कार्यसमिति सदस्य नारायण धिताल, पशुसेवा केन्द्रका प्रमुख महेन्द्रराज पन्थी, नेपाली काँग्रेसका दगातुन्डाडा सभापति सुवेदार रत्न वहादुर क्षेत्रि, ने।क।पा। एमालेका दगातुन्डाडा अध्यक्ष रेम वहादुर भुजेल, एकिकृत नेकपा माओवादीका मनिष नेपाली, राष्ट्रिय जनमोर्चाका शिवलाल वन, नेकपा माओवादीका सुरेन्द्र नेपाली, त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्राचार्य ढालमणि भण्डारी, सारथी सञ्चार सहकारीका सहसचिव तथा रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल, महिला जागरण केन्द्रका अध्यक्ष विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु प्रसाद खरेलले भावी योजना सहितको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खगिश्वर अर्याललेआर्थिक वर्ष ०७०÷७१ को ६ करोड ८३ लाख ७८ हजार वरावरको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०७१÷७२ को लागी ७ करोड ९७ लाख वरावरको अनुमानित वजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ सदस्य झविलाल सलामी, पूर्व कार्यसमितिका पदाधिकारी सुमित्रा पुरी, नरमति थापा, नर वहादुर पच्या, टिकाराम थापा, सहकारीको सेवा क्षेत्र भित्र उत्कृष्ट शिक्षण संस्थाको रुपमा त्रिभुवन उच्च मावि खर्वाङ, एसएलसि परीक्षामा शेयर सदस्यका परिवार भित्रका सदस्यवाट उत्कृष्ट अंक प्राप्त गर्ने सविता रेश्मी र विमल नेपालीलाई मायाको चिनो, दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरिएको छ । कार्यक्रम सहकारीका अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष होमनाथ अर्यालको स्वागत मन्तव्य, कर्मचारी मनकुमारी घिमिरेको सहकारी गित तथा सचिव एवं प्रवन्धक दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो । यस क्षेत्रकै पुरानो सहकारीको रुपमा स्थापित नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थामा हाल सम्म १८ सय २१ जना शेयर सदस्यहरु रहेका छन् भने करिव सवा करोड शेयर पुँजी संकलन भएको छ । २०५४ सालमा स्थापना भएको सहकारीले वचत ऋण तथा विगत केहि वर्षदेखि रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.