बुर्तिवाङ जाँदै गरेको जीप बिहुँमा दुर्घटना, १० जना घाईते एक महिला गम्भीर
पुस२५ । बागलुङ बजार देखी बुर्तिवाङ जाँदै गरेको जीप बिहुँमा दुर्घटना भएको छ । आज विहान ७।३० बजे बुर्तिवाङलाई १० जना यात्रु लिएर छुटेको ना १ ज ३८१४ को जीप केहि समय अघि २।४० बजेको समयमा बिहुँको बुढी देउराली नजीक सडकमा पल्टिएर दुर्घटना भएको हो । जीपमा सवार रेडियो परिवर्तनका प्रमुख एवं धौलाश्री सहकर्मी रामनारायण सुवेदीले दिएको जानकारी अनुसार बुर्तिवाङ १ की नरकुमारी छन्त्याल बढी घाईते भएकी छन भने सुवेदी सहित अन्य ९ जना यात्रुहरु सामान्य घाईते भएका छन् । यात्रुहरु सबैलाई शरीरका विभिन्न ठाउँमा चोट पटक लागेको भएपनि अवस्था सामान्य रहेको बताईएको छ । सोहि जीपमा सवार पत्रकार झरना कँडेलका अनुसार विहुँको इनारपानीमा आईपुग्दा जीपको पट्टा भाँचिनुका साथै ब्रेक फेल भएपछि ४ घण्टा लगाएर मर्मत गरी छुटेको केहि समय पछी जीप सटकमा पल्टिएको थियो ।जीपका चालक भिङगिठेका कमल पाण्डेलाई केहि भएको छैन तर जीपका सिसाहरु सबै फुटेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । विग्रिएर मरम्मत गरिएका थोत्रा र पुराना जीपहरु यस रुटमा बढी चलाईने हुँदा दुर्घटनाका जोखिम बढी हुने गरेको यात्रुहरुले बताएका छन् ।
No comments: