चितवन महोत्सव सुरु, उर्जामन्त्री ज्ञवालीद्वारा उद्घाटन ।।
पौष २५–
दसौं चितवन महोत्सव–२०७१ आजदेखि सुरु भएको छ । आजदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको उर्जामन्त्री राधा ज्ञवालीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटनअघि नारायणगढमा बृहत शोभायात्रा निकालिएको थियो । हात्ती, बाजागाजा र विभिन्न जातजातिको भेषभुषा तथा साँस्कृतिक झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । महोत्सव संयोजक कल्याण जोशीले परेवा उडाएर शोभायात्राको सुरुवात गर्नुभएको थियो । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । यसपटक प्रदर्शकको चापका कारण स्टलसंख्या थपेर ४ सय ९० पु¥याईएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजकले दावी गरेको छ । हेल्दी वेवी प्रतियोगिता मिनी जु तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । उद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । यसपटक महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ स्टल राखिएको छ । २०करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै, म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि पाँचौ म्याग्दी महोत्सव सुरु भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलाको उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो । महोत्सबको उद्घाटन अगाडि सदरमुकाम बेनीमा विभिन्न जाजाती, संघसंस्थाको पहिचान सहितको झाँकीले बजार परिक्रमा गरेको थियो भने कृषि, वनजन्य, घरेलु तथा लघु उद्यमीका उत्पादनको समेत महोत्सबमा प्रदर्शनी गरिएको छ । म्याग्दीको कला र संस्कृतीको संरक्षण, स्थानिय कृषि, घरेलु उत्पादनको प्रर्वद्धन एवं जिल्लाको सम्भावना उजागर गराउने उद्देश्यले महोत्सव आयोजना गरेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । आगामि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरको लोक दोहोरी, खुला पुरुष तथा गाविस स्तरीय महिला भलिबल लगायतका खेलकुद प्रतियोगिता हुने संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । महोत्सवमा स्थानीय कृषि र घरेलु उत्पादनदेखि आधुनिक सूचना प्रबिधि सम्बन्धि १ सय ७१ वटा व्यापारीक स्टल रहेका छन् ।

No comments: