"2513058968709111" /> तिजको वेला हत्या भएकी गौतमको घटना बारे अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालयको भनई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिजको वेला हत्या भएकी गौतमको घटना बारे अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालयको भनई ।।

माघ १३–
प्रहरी नायब उपरिक्षक प्रेम बस्नेतले सिगाना गाबिसकी रुपा गौतमको घटना बारे अनुसन्धान जारी रहेको बताउनु भएको छ ।
आज जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा
आयोजित पत्रकार भेटघाटका क्रममा उहांले गौतमको हत्याबारे बलियो प्रमाण फेला नपरेकाले रिजल्ट बाहिर आउन नसकेको बताउनु भयो । गौतमका हत्यारा पत्ता लगाउनका लागि केन्द्रिय एबं क्षेत्रिय प्रहरी व्युरोले समेत अनुसन्धान गरिरहेको भन्दै प्रहरी नायव उपरिक्षक बस्नेतले केही ढिला भएपनि
हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गर्नुभयो । गौतमको गत भदौ महिनामा तिजमा माईती गएर फर्किदै गर्दा बोक्सेको खाल्टामा धारिलो हतियार प्रयोग गरी बिभत्स हत्या भएको थियो । सो अवसरमा ठगी काण्डमा पक्राउ परेकी तित्याङ्गकी अस्मीता खड्का बारे पत्रकारको प्रश्नमा डिएसपी बस्नेतले व्यापारीलाई ठगी गर्ने अस्मीता र  अबैध रुपमा व्याज लिई पैसा दिने व्यात्ती बराबर दोषी रहेको बताउनु भयो । पारिबारिक एबं आर्थिक स्थिती कमजोर रहेकी अस्मीतालाई धेरै व्याजको प्रलोभनमा परि पैसा दिएर यहांका उद्योगी व्यापारीले समेत गल्ती गरेको चर्चा गर्दै उहांले कानुनले तोके भन्दा चर्को व्याज लिने व्याक्ति समेत दोषी रहेको प्रस्टाउनु भयो । सो अवसरमा जिल्ला स्थित बिभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीले अबैध ईट्टा भट्टा रोक्नुपर्ने, अबैध हातहतियार, कानुनबिपरीत समाजमा खेलिने
गरेका जुवातास रोक्न एबं नियम बिपरित संचालन हुने सवारी साधनलाई कारबाही गर्न सुझाव दिएका थिए । सो अवसरमा डिएसपी बस्नेतले सबैखाले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि पत्रकार लगायत सबै वर्ग र क्षेत्र संग समन्वय गरेर अगाडी बढ्ने बताउनु भएको थियो ।  कोपिला कँडले समाचार लेख्नुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.