बाग्लुङ्को दगातुन्डाडामा एकै व्याक्तिद्धारा स्वास्थ्यचौकी भवन निर्माणको लागी १५ लाखको जग्गा दान, जिल्ला मालपोत कार्यालयवाट रजिष्ट्रेसन पास ।।
माघ १६–
वागलुङको दगातुन्डाडा ४ का ढाल वहादुर खत्रि तथा उहाँकी श्रीमति सुमित्रा खत्रि ले स्वास्थ्यचौकी भवन निर्माणको लागी भन्दै घोषणा गरेको ४ रोपनी भन्दा वढि जग्गा आज निशुल्क दगातुन्डाडा उपस्वास्थ्यचौकीलाई रजिष्ट्रेसन पास दिनुभएको छ । आज जिल्ला मालपोत कार्यालय बागलुङमा दगातुन्डाडा वडा नं. ४ मा रहेको ४ रोपनी ३ पैसा ३ दाम क्षेत्रफल रहेको झण्डै १५ लाख वरावरको जग्गा उपस्वास्थ्य चौकी दगातुन्डाडाको नाममा हस्तान्तरण गर्नुभएको हो । खत्रि दम्पत्तिले जग्गाकै अभावमा उपस्वास्थ्यचौकी स्वास्थ्यचौकीमा स्तरउन्नती हुन नसकेको र भवन नवनेको ले स्थानिय स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेको भन्दै सो जग्गा प्रदान गर्ने निणर्य गरेको जग्गा दाता ढाल वहादुर खत्रिले वताउनु भएको छ । खत्रिले भवन अभाव तथा स्वास्थ्यचौकीको अभावमा स्थानियले वर्थिङ सेन्टर चलाउन वाध्य भएको सन्दर्भमा आफुले प्रदान गरेको जग्गाले सवैलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो। गत वर्ष नै स्तरउन्नती हुने भनियको उपस्वास्थ्यचौकी जग्गा अभावमै भएको थिएन भने वर्थिङ सेन्टर समेत स्थानियहरुले चलायको स्वास्थ्यचौकी व्यावस्थापन समितिका सदस्य भिमलाल पोखरेलले वताउनु भएको छ । वागलुङ जिल्लाको मध्यपश्चिममा पर्ने दगातुन्डाडा गाविसको माथिल्लो भेगमा पर्ने सो स्वास्थ्यचौकीको स्तरउन्नती तथा आवश्यक जनशक्ति नहुँदा स्थानियले सास्ती भोग्दै आएका छन् । दगातुन्डाडा गाविसको वडा नं. ४ खत्रिटोलमा पर्ने सो जग्गा प्रदान गर्नको लागी उपस्वास्थ्य चौकीका इन्चार्ज अहेव निरन्जन यादवले सहजीकरण गर्नुभएको थियो भने आज सो जग्गा उपस्वास्थ्य चौकीको नाममा हुँदा आफू सवै भन्दा खुसि भएको यादवले वताउनु भएको छ । भने व्यावस्थापन समितिको तर्फवाट सदस्य पोखरेल सहित को टोली स्तरउन्नतीको काम अगाडि वढाउन माग गर्दैजनस्वास्थ्य कार्यलयमा मा पुगी निवेदन पेश गरेको छ । भने जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले आर्थिक वर्ष ०७१÷७२ को कार्यक्रम स्वीकृत भई सकेको भन्दै आगामी आर्थिक वर्ष ०७२÷७३ को लागी मन्त्रालयमा प्रक्रिया अगाडि वढाउने प्रतिवद्धता जनाउनु भएको छ । उपस्वास्थ्य चौकी ले जग्गा प्राप्त गरेसंगै स्थानिय उपभोक्ता समेत निकै खुसि भएका छन् ।
No comments: