वामी गाविसको वैठक सम्पन्न, इलाका स्तरिय योजना तर्जूमा गोष्ठीको लागी योजना छनौट ।।
माघ १६–
गुल्मीको वामी गाविसको विशेष वैठक आज गाविस भवन वामी मैदानमा सम्पन्न भएको छ । गाविस सचिव सुर्य वहादुर सोमै मगरको अध्यक्षतामा बसेको वैठकले यहि माघ १९ गते हुने इलाका नं. ९ को इलाका गोष्ठीको लागी विभिन्न योजनाहरुलाई प्राथमिकिकरण गरेको छ। जसअन्तर्गत आर्थिक तर्फ कृषि उपज संकलन केन्द्र, पशु सेवा केन्द्र, सालिमे दह पर्यटकिय स्थल निर्माण, व्यावसायीक बाख्रा पालन कार्यक्रम, आउरीको साना सिँचाई तथा मर्मत गर्ने, सामाजिक विकास तर्फ फाईवर झोला वुन्ने तालिम, खेलकुद तर्फ खेलमैदान निर्माण, दलित लक्षित कार्यक्रम अन्तर्गत आरन सुधार कार्यक्रम, जनजातीको संस्कृति संरक्षण, बृद्धाआश्रम निर्माण, अपाङ्गता भएका हरुको लागी सिपमुलक तालिम, भौतिक तर्फ खानेपानी आयोजनाहरुको मर्मत सुधार तथा पुननिर्माण, मुसिकोट र वामी जोड्ने आकाशेपुन तथा ढल निकास लगायतका योजनाहरु छनौट भएको वामीवाट साथी लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ । बैठकमा स्थानिय राजनैतिक दलका प्रमुख, वडा नागरिक मंचका संयोजक, दलित, महिला, जनजाती प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, लगाएतको सहभागिता रहेको थियो । वैठक सामाजिक परिचालक गंगा रायमाझिको संचालनमा सम्पन्न भएको थियो ।

No comments: