"2513058968709111" /> अख्तियारकै कर्मचारीद्धारा घुस लिने गरेको खुलासा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

अख्तियारकै कर्मचारीद्धारा घुस लिने गरेको खुलासा ।।

पौष २९–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई अधिकृतले मुद्दा मिलाइदिन्छु भन्दै २ लाख घुस लिएको खुलेको छ ।
शाखा अधिकृत विनोद अमात्य र लेखा तोयानाथ शर्माले जिल्ला स्वाथ्य कार्यालय कुश्मा, पवर्तले औषधी लगायतका सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने उजरीको अनुसन्धानका क्रममा घुस लिएका थिए । स्थलगत अध्ययनका लागि पर्वत पुगेका अमात्य र शर्माले मुद्दा मिलाइदिन्छु भन्दै जिल्ला स्वाथ्य कार्यालय प्रमुख डा। नारायण ओझासँग घुस लिएका थिए । अख्तियारकै कर्मचारीले घुस लिएको उजुरी परेपछि छानविनका क्रममा रकम लिएको खुल्न आएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बताएका छन् ।
उनीहरु दुबैलाई निलम्बन गरी हिरासतमा राखिएको अख्तियारले जनाएको छ । ‘अयोगको भ्रष्टाचारविरुद्धको अभियानमा धब्बा लगाउने निकृष्टरनिन्दनीय कार्य गरेको हुँदा उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ’ कार्की ट्वीटरमा भनेका छन् ।
अख्तियारले आयोगका कर्मचारीले उजुरी मिलाइदिने वा कुनै बहानामा रकम मागे जानकारी गराउन समेत आग्रह गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.