बन्दको कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित
गुल्मी, ६ माघ । एकिकृत नेकपा माओवादी सहित संयुक्त जनआन्दोलन समितिले आज आव्हान गरेको वन्दका कारण गुल्मी जिल्लाको जन जिवन आज विहानैदेखि प्रभावित वनेको छ । वन्दको कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु संचालन भएका छैनन् भने जिल्लाका सम्पूर्ण वजार र पसलहरु पूर्ण रुपमा वन्द रहेका छन् ।
वन्दले जिल्लाका शैक्षीक संस्थाहरु पनि पुर्ण रुपमा वन्द छन् । वन्दका कारण जिल्ला वाहिरवाट मंगलवार विहानै सदरमुकम आईपुगेका यात्रुहरु सदरमुकाम तम्घासमै अलपत्र परेका छन् । मुलुकमा अग्रगमन र परिवर्तनका लागि पहिचान सहितको संघियता र सघियता सहितको संविधान सहमतिमा जारी हुनु पर्ने माग राख्दै बन्दको घोषणा गरिएको एकिकृत नेकपा माओवादीले जनाएको छ ।
आन्दोलनकारीहरुले वन्दको आह्वान गरेपनि एम्वुलेन्स, औषधी पसल, विवाहका सवारी साधन, सववाहन तथा प्रेस लगायतका सवारी साधनहरुलाई भने कुनै अवरोध नगर्ने वताईएको छ । वन्दको अघिल्लदोदिन सोमवार वेलुकि वन्दकर्ताहरुले सदरमुकम तम्घासमा मसाल जुलुस समेत निकालेका थिए ।

No comments: