"2513058968709111" /> परोपकार बशुउद्धेश्यीय सहकारी संस्था वामीको ९ औँ बार्षिक साधारण सभा आज सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

परोपकार बशुउद्धेश्यीय सहकारी संस्था वामीको ९ औँ बार्षिक साधारण सभा आज सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष २६–
परोपकार बशुउद्धेश्यीय सहकारी संस्था वामीको ९ औँ बार्षिक साधारण सभा महेन्द्र आदर्श उच्च माबि वामीको बिद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार मल्लको सभापतित्व रहेको भेलामा महेन्द्र आदर्श उमाबि वामीका प्रचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा वामी, मुसीकोट, पौदीअमराई, तथा बाग्लुङ्को रीघाका गरी करिब एक हजार शियर सदस्हरु तथा नेपाली काङ्ग्रेस गाँउ कार्य समितिी वामीका सभापति कृष्णहरी सापकोटा, एमाओबादीका मेघ प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका बाबुराम खरेल, महेन्द्र आदर्श उमाबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तीर्थमणि काफ्ले, नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीका सभापति डिलाराम खरेल, सिटी एक्सप्रेस वामी शाखाका शाखा प्रब्न्धक बिष्णु चुँदाली, सामुदायिक रेडियो पुष्पाञ्जली वामीका कार्यकारी प्रमुख कौ्ररब खत्री, प्रहरी चौकी वामीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल , लक्ष्मीनारायण महिला कृषि सहकारी वामीकी सचिब यमुना घिमिरे लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । साथै संस्थाले साधारण सभाकै अबसरमा संस्थाको गतिबिधि समेटिएको दर्पण पुस्तिका समेत बितरण गरिएको थियो ।
भेलामा नेकपा एमाले वामी गाँउ कमिटिका अध्यक्ष नारायण सापकोटाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । भेलामा संस्थाका शेयर सदस्यहरुले आफ्नो आफ्नो धारणा ब्यक्त गरेका थिए । संस्थाका सञ्चालक समिति सदस्य सुदर्शन शाक्यको स्वागत सँगै शुरु भएको भेलाको सञ्चालन ले्खा सयाेंजक चिरञ्जीवी शाक्यले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.