उपचार सेवा नपाएका कारण सुत्केरी महिलाको मृत्यु ।।
पौष १७–
पर्साको महुवनमा समयमै उपचार सेवा नपाएका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । घरमै सुत्केरी गराउँदा महुवन गाविस वडा नं ३ की २६ बर्षिया गीतादेवि रौनियारको मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण हिजो बिहान उनको मृत्यु भएको थियो । बच्चा भने जिउँदै रहेको स्थानीय बासिन्दाले बताएका छन् । स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सक नभेटिएपछि घर फर्के लगत्तै छोरी जन्माएकी गीतालाई बचाउन नसकिएको मृतकका श्रीमान विरेन्द्र साह रौनियारले बताउनुभयो । महुवन बर्थिङ सेन्टरमा जाँदा कोहि पनि नभेटिएपछि घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

No comments: