"2513058968709111" /> आजदेखि सन् २०१५ शुरु, नयाँ वर्षको रुपमा मनाईंदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आजदेखि सन् २०१५ शुरु, नयाँ वर्षको रुपमा मनाईंदै ।।

पौष १७–
आजदेखि सन् २०१५ शुरु भएको छ । अंगे्रजी पात्रो अनुसार नयाँ वर्ष । इस्वी सम्वत्अनुसार आज नयाँ वर्षको रुपमा स्वागत गर्दै विभिन्न कार्यक्रमसहित विशेष गरी पश्चिमा मुलुकहरुले आज खुशीयालीसहित नयाँ वर्ष मनाउने गर्छन् । गएराती नयाँ वर्ष लाग्ने बेलादेखि नै नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । नेपालमा पनि विभिन्न ठाउँहरुमा नयाँ वर्ष मनाउने गरिएको छ । गएराती, राजधानीका विभिन्न ठाउँ तथा धुलिखेल, पोखरा, नेपालगंज विराटनगरलगायत मुख्य शहरहरुमा पनि नयाँ वर्षको स्वागत गर्दै विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । अघिल्लो वर्ष अर्थात सन् २०१४ मा भए÷गरेका कामको समीक्षा गर्दै नयाँ योजना पनि आज बनाउने गरिन्छ । विशेष गरी इसाई धर्मावलम्बीहरुले आजको दिनलाई महत्वका साथ लिने गर्दछन् । सामाजिक सन्जाल, मोबाइलबाट एसएमएस गरि शुभकामना आदान प्रदान गर्ने काम भइरहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.