"2513058968709111" /> आजबाट अङ्ग्रेजी नया बर्ष २०१५ शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आजबाट अङ्ग्रेजी नया बर्ष २०१५ शुरु ।।

पौष १७
अँग्रेजी पात्रो अनुसार नयाँ बर्ष सन् २०१५ बिहिबारबाट शुरु भएको छ । नेपाल लगायत विश्वभर शुभकामना आदान प्रदान र मनोरन्जनात्मक कार्यक्रम गरी नयाँ बर्ष मनाइदै छ । साथीभाइ र आफन्त जम्मा भएर मिठो परीकार बनाएर खाने र रमाइलो गरिदै छ । सन् २०१४ को विदाई र नयाँ बर्ष २०१५ को स्वागतका लागि बुधबार राति नै क्याम्प फायर, कन्सर्ट, पार्टी लगायतका कार्यक्रम भएका छन् । काठमाण्डु, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा नयाँ बर्ष मनाउनेहरुको विशेष चहलपहल छ । त्यहाँका होटल तथा रेष्टुरेन्टहरु पर्यटकले भरिभराउ भएका छन् ।
जनवरी पहिलो तारिखका दिन शुरु हुने ईस्वी संवत् विश्वका अधिकांश मुलुकमा प्रचलनमा छ । ईसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि यो संवत् प्रचलनमा ल्याइएको हो । पछिल्लो समय नेपालमा पनि नयाँ अँग्रेजी नयाँ वर्षको स्वागतमा विशेष कार्यक्रम हुदै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.