शुसाशन अभियान गुल्मी द्धारा जिल्ला शिक्षा कार्यालय गुल्मीमा गुनासो संकलन
पौष १३–
सुशासन अभियान गुल्मीले जिल्ला शिक्षा गुल्मीको सेवा सम्बन्धमा सेवाग्राहीहरुसँग गुनासो संकलन गरेको छ । सुशासन अभियान गुल्मी तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एलाक डीपी कार्यक्रम अन्तर्गत गुनासो संकलन गरिएको हो । कार्यालय परिसर अगाडि गुनासो डेस्क राखेर गरिएको गुनासो संकलनमा कार्यालयका कतिपय सेवामा कमजोरी रहेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीले शिक्षा कार्यालयबाट कार्य सम्पादनमा ढिला भएको, कतिपय कर्मचारी कार्यकक्षमा नभेटिने गरेको, विद्यालय निरीक्षकहरुले राम्रोसँग विद्यालयको निरीक्षण नगरेको, कतिपय शिक्षकहरुले चौमासिक सकिएको लामो समयसम्म पनि तलव पाउन नसकेको, लगायतका गुनासाहरु सेवाग्राहीहरुले गरेको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले जानकारी दिनुभयो । उहाँले गुनासो संकलनमा शिक्षा कार्यालयसँग सम्वन्धित एक दर्जन वढि गुनासाहरु आएको वताउनुभयो । सेवाग्राहीका गुनासाहरुको बारेमा जिल्ला शिक्षा अधिकारी डा. भोजराज शर्मालाई आजै ध्यानआकर्षण गराई समाधानका लागि पहल थालिएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले वताउनुभयो । जिल्ला शिक्षा अधिकारी डा. शर्माले यस्ता कार्यक्रमहरुले सेवासुधारमा आफुलाई पृष्ठपोषण हुने उल्लेख गर्दै प्राप्त गुनासाप्रति आफुले ध्यान पु¥याउने वताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नहुँदा नै कतिपय विद्यालय निरीक्षकलाई कार्यालयकै काममा लगाईएकाले विद्यालय अनुगमन सुस्त हुन गएको बताउनुभयो । सुशासन अभियान गुल्मीले एलाक डीपी परियोजना अन्तर्गत जिल्लाका विभिन्न कार्यालयको सेवासम्वन्धमा गुनासो संकलन गर्दै आएको छ । एलाक डीपी कार्यक्रम सुशासन अभियान गुल्मीद्वारा गत वर्षदेखि गुल्मी जिल्लामा संचालित रहेको छ । यो कार्यक्रमले सरकारी कार्यालयको सेवा सुधारका लागि सेवाग्राहीबाट गुनासाहरु संकलन गरी सेवासुधारमा कार्यालयहरुको ध्यानआकर्षण गराउँदै आएको छ । सरकारी कार्यालयको सेवा सम्वन्धमा कुनै गुनासो भएमा तम्घास पुतलीबजारमा रहेको संस्थाको कार्यालयमा सम्पर्क गर्न वा ०७९–५२०८५४ मा फोन गरी गुनासा टिपाउन कार्यक्रम अधिकृत कुँवरले आग्रह गर्नुभयो ।

No comments: