एलाक डीपी जिल्ला समन्वय समितिको बैठक सम्पन्न ।।
पौष १४–
सुशासन अभियान गुल्मी एलाक डीपी परियोजना अन्तर्गत गठित एलाक डीपी परियोजना जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा वसेको वैठकले एलाक डीपी कार्यक्रम अन्तर्गत हालसम्म संचालित कार्यक्रमहरुको बारेमा समीक्षा गर्दै कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको निचोड निकालेको छ । साथै बैठकले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सिफारिस भई आएका समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी वलराम अर्याललाई स्वागत गरेको छ । साथै बैठकमा एक हप्ताभित्र मिडिया फेलोसिपको लागि प्रकृया शुरु गर्ने, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यलयसँग गरिएको सदाचार प्रतिबद्धता पत्रको प्रभावकारी कार्यान्वयनका लागि समन्वय गर्ने निर्णय समेत गरेको छ । बैठकमा अध्यक्ष श्यामकुमार पाण्डेय, सहायक प्रमुख जिल्ला अधिकारी वलराम अर्याल, उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल, सुशासन अभियान गुल्मीका सहसचिव नरेश भण्डारी, कार्यक्रम अधिकृत हीरा कुँवर लगायतको उपस्थिति रहेको थियो ।

No comments: