"2513058968709111" /> मरभुङमा वडा नागरिक मञ्चमा दलितहरुलाई नराखेपछि विरोध ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मरभुङमा वडा नागरिक मञ्चमा दलितहरुलाई नराखेपछि विरोध ।।

पौष १३–
गुल्मीको मरभुङ गाविसका दलितहरुले गाविसमा वडा नागरिक मञ्चको गठनमा दलितहरुलाई बाईपास गरेको भन्दै विरोध अभियान थालेका छन् । कांग्रेस, एमाले, एकीकृत माओवादी र अरु साना दलमा रहेका दलितहरुले आफूहरुको अधिकार सुनिश्चि नगरेको भन्दै विरोध सुरु भएको छ । सबै  दलित एक जुट होउँ भन्ने अभियान सहित हिजो मात्रै मरभुङमा भेला भएका दुई सय दलितहरुले कृष्ण सुनुवारको अध्यक्षतामा दलित साझा मञ्चको गठन समेत गरेका छन् । २३ सदस्यीय समितिको उपाध्यक्षमा मुक्तबहादुर विक, सचिवमा कमल नेपाली, सह सचिवमा कमला परियार, कोषाध्यक्षमा भोजबहादुर विक लगायतका सदस्य रहेको सागर गीरीले जानकारी दिनुभयो ।  गठित साझा मञ्चका अध्यक्ष सुनुवारले अव दलिय आस्थाभन्दा बाहिरबाटै अधिकार प्राप्त गर्ने अभियान सुरु भएको बताउनुभयो । गाविसमा दलितहरुको मात्रै बहुमत पुग्ने भएकोले गाविसका सम्पूर्ण तह र तप्कामा सबै दलहरुबाट बाहिर निस्किएर स्वतन्त्र रुपमा चुनाव लड्ने समेत चेतावनी दिनुभयो । तर दलितहरुलाई अपनत्व महसुस हुने गरि दलहरु आएमा आफ्ना आस्थाका दललाई फेरी समर्थन गर्ने पनि बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.