"2513058968709111" /> वामीमा छिटटै हस्पिटल सञ्चालनको लागी बैठक वामीमा।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा छिटटै हस्पिटल सञ्चालनको लागी बैठक वामीमा।।

अनिश गैरे, वामी गुल्मी
पौष १२–
उद्योग बाणिज्य संघ वामी शाखा तथा बृहत हस्पिटल ब्यबस्थापन समिति वामीको बैठक उद्योग बाणिज्य संघ वामीको शाखा कार्यालयमा सम्पन्न भएको छ ।
बैठकमा लुम्बीनी मेडीकल कलेज पाल्पा द्धारा वामीमा आफ्नो शाखा बिस्तार गर्ने भएकोले हस्पिटल निर्माणको लागीे उपयुक्त जग्गा छनौटको बिषयमा छलफल भएको थियो ।
अस्पताल सञ्चालन को लागी उपयुक्त भएमा वामी १ पल्टारमा अर्जून सापकोटा र टिकाराम चालीसेले ६ रोपनी, वामी बसपार्क मुनी बाङ्गे भन्ने ठाँउमा तीर्थमणि काफ्ले र रामचन्द्र सापकोटाले १० रोपनी, भुबन केसीले लुईचेमा ७ रोपनी, टोपनारायण शाक्य, घनश्याम सापकोटा लगायतले वामी परुवामा ७ रोपनी जग्गा उपलब्ध गराउन सक्ने बताउनुभएको छ ।  
साथै बैठकमा हस्पिटलमा लगानी, तथा शेयर बिभाजनको बारेमा पनि छलफल भएको थियो ।
साथै यही पौष १४ गते हस्पिटल सञ्चालन सम्बन्धि छलफलको लागी हस्पिटल ब्यबस्थापन समिति अन्र्तगत सुदर्शन शाक्य, महेश जीसी, भुवन केसी, तथा धमेन्द्र कुमार मल्ललाई लुम्बिनी मेडिकल कलेज पाल्पामा पठाउने समेत निर्णय गरिएको छ ।
उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको बैठकमा उद्योग बाणिज्य संघ वामी शाखाका पदाधिकारीहरु, बृहत हस्पिटल सञ्चालन समितिका सल्लाहकार सदस्य कृष्ण हरी सापकोटा, सदस्यहरु महेश जीसी, धमेन्द्र कुमार मल्ल,अग्निधर लोहनी, भुबन केसी, वामी गाबिसका गाबिस सचिब प्रेमचन्द्र जीसी, प्रहरी चौकी वामीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल, सामुदायिक रेडियो पुष्पाञ्जली वामीका कार्यकारी प्रमुख कौरब खत्री, बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी, बुद्धिजीवी लगायतको बिशेष उपस्थिती रहेको थियो । बैठकको सञ्चालन उद्योग बाणिज्य संघ वामीका सचिब महेश्वर घिमिरेले गर्नुभएको थियाृे ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.