"2513058968709111" /> बाग्लुङ् क्षेत्र नम्बर ३ तथा गुल्मीका समस्याको बारेमा बिभिन्न मन्त्रालयहरुका ब्यक्तिहरु संग एक टोलीको ध्यानाकर्षण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ् क्षेत्र नम्बर ३ तथा गुल्मीका समस्याको बारेमा बिभिन्न मन्त्रालयहरुका ब्यक्तिहरु संग एक टोलीको ध्यानाकर्षण ।।

अनिश गैरे, वामी गुल्मी
पौष १२–
बाग्लुङ् क्षेत्र नम्बर ३ तथा छिमेकी जील्ला गुल्मीका समस्या समाधानको लागी बाग्लुङ क्षेत्र नम्बर ३ का राजनीतीक दलहरुले बिभिन्न मन्त्रालयहरुको ध्यानाकर्षण गराएका छन । बाग्लुङ क्षेत्र नम्बर ३ की माननीय सभासद ज्ञानकुमारी छन्त्यलको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले उपप्रधान तथा गृह मन्त्री बामदेब गौतम, स्वास्थ्य मन्त्री खगराज अधिकारी, पुर्ब मन्त्रि परिषदका अध्यक्ष खीलराज रेग्मीका पे्रश सल्लाहकार, तथा सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सारका संरक्षक बिमल गौतम, गृह मन्त्रालयका उपसचिब तथा कारागार ब्यबस्थापन बिभागका निर्देशक बेद प्रसाद खरेल, कानुन मन्त्रालयका उपसचिब, भुमीसुधार तथा ब्यबस्थापन मन्त्रि दलबहादुर  राना लगायतका उच्च आहोदाका ब्यक्तिहरु संग भेटघाट गरी ध्यानाकर्षण गराईएको छ ।
बाग्लुङ् क्षेत्र नम्बर ३ मा रहेको उत्तर गंगा हाईड्रो पावरको अबलम्बन, कार्यान्वयन, बुर्तिबाङमा एकिकृत सेबा केन्द्र सञ्चालन, मध्ये पहाडी लोक मार्गको ग्राभेल तथा कालोपत्रे, बुर्तिबाङ् अस्पतालको अबिलम्ब कर्मचारीको ब्यबस्था गरी कार्यालय उद्घाटन, सालझण्डी ढोरपाटन मोटरबाटो लाई गल्मीको पौदी अमराई, बाग्लुङ्को ग्वालीचौर,जलजला, सिसाखानी हुँदै म्याग्दी सम्म जोड्न, ग्वालीचौंरमा प्राथमीक स्वास्थ्य केन्द्र निर्माण, बुर्तिबाङ्मा रहेको निसीभुजी जनाता क्याम्पसलाई आर्थिक तथा भौतीक सहयोगको माग गरिएको नेकपा एमाले जिल्ला कमिटी बाग्लुङ्का सदस्य हिरामणी खरेलले जानकारी दिनुभयो ।
साथै ग्वालीचौरमा भानु बहुमुखी क्याम्पस स्थापना, ढोरबराह मन्दिर, पौदीक्षेत्रको छत्रभुमी, ग्पालीचौरको थानापती मन्दिर लगायतको ब्यबस्थपन, आर्थिक तथा भौतीक सहयोग पनि माग गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै छिमेकी जिल्ला क्षेत्र नम्बर ३ को कुर्घा तथा अर्लाङ्कोट गाबिसमा भएका ऐतिहासीक पर्यटकीय, शैक्षिक, यातायात, धार्मिक, तथा बिभिन्न बिकास निर्माणका कार्यहरुको बारेमा पनि ध्यानाकर्षण गराईएको छ ।
साथै भोली सोही टोलीले प्रधानमन्त्री शुशील कोईरालालाई भेट्ने कार्यक्रम रहेको पनि आचार्यले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.