वामी ४ को वडा भेला सम्पन्न, शिक्षा मोटरबाटो ब्यबस्थापन बिषयमा छलफल ।।
अनिश गैरे, वामी गुल्मी
पौष १२–
वामी ४ को वडा भेला वामी मैदानमा सम्पन्न भएको छ । वडा नम्बर ४ का वडा सयाेंजक ठग बहादुर खत्रीको अध्यक्षता रहेको भेलामा वामी ४ मा खानेपानी ब्यबस्थापन, मोटरबाटो, हाल सञ्चालीत बिद्यूत ब्यबस्थापन, वडा नम्बर ४ लाई खुल्ला दिशा मुक्त घोषणा गर्ने सम्बन्धमा छलफल भएको थियो ।
साथै बैठकमा वडालाई खुल्ला दिशा मुक्त वडा घोषणको लागी प्रत्येक घरले फाल्गुण मसान्त सम्ममा ब्यबस्थित चर्पी निर्माण गर्ने, शारदा बिद्या मन्दिर माबि वामी मैदानको भबन निर्माण तथा खड्कदेबी प्राबि वामीमा शिक्षक ब्यबस्थापन गर्न माग गर्ने निर्णय समेत गरिएको छ । साथै बैठकमा उपस्थितहरुले वामी ४का जनताहरुलाई अगरबत्ती निर्माण सम्बन्धि तालीमको समेत माग गरेका छन । भेलामा वडा नम्बर ४ का उपसयाेंजक खिम शादुर नेपाली, सदस्यहरु जुना परियार, अर्जून बिक, समाजसेबी, बुद्धिजीवी, शिक्षाप्रेमी दलीत जनजाती लगायत गरी ६१ जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन वामीकी समाजीक परिचालक गँगा रायमाझीले गर्नुभएको वामी मैदानबाट सहयोगी रमेश रसौलीले जानकारी दिनुभएको छ ।

No comments: