"2513058968709111" /> जनहित माबि को स्वर्ण महोत्सब फागुनमा । - अनिश शर्मा गैरे
Breaking News
recent

जनहित माबि को स्वर्ण महोत्सब फागुनमा ।

पौष १४–
जनहित माध्यामिक बिद्यालय मल्म ८ ले फागुन ७ देखि १० गते सम्म स्वर्ण जयन्ति मनाउने भयको छ । बिबिध खेलकुद ,सांस्कृतिक कार्यक्रम र बिद्यालय स्तरिय प्रतियोगितात्मक
कार्यक्रमको साथमा स्वर्ण जयन्ति मनाउन लागेको बिद्यालयका प्रध्यानध्यापक बिष्णुप्रसाद गौतमले जानकारी दिए । स्वर्ण महोत्सबको तैयारीका लागि  बिद्यालयले बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । ज्ञानबहादुर थापाको संयोजकत्वमा आर्थिक समिति ,घनश्याम थापाको संयोजकत्वमा अतिथि सत्कार ,खिमबहादुर थापाको संयोजकत्वमा मंच ब्यबस्थापन ,बम चोखालको संयोजकत्वमा खेल ब्यबस्थापन ,सुसिला गौतमको संयोजकत्वमा प्रतियोगिता ब्यबस्थापन समिति गठन गरिएको छ ।
त्यसैगरी थम्मन थापाको संयोजकत्वमा संचार समिति ,रामचन्द्र गौतमको संयोजकत्वमा प्रचार प्रसार समिति ,डोल बहादुर केसीको संयोजकत्वमा प्रमाणपत्र ब्यबस्थापन समिति ,होम
बहादुर बस्नेतको संयोजकत्वमा यातायात ब्यबस्थापन समिति र राज थापाको संयोजकत्वमा बैदेशिक सहयोग समिति गठन गरिएको छ ।
स्वर्ण महोत्सबका लागि चन्दा रकम संकलन कार्य समेत सुरु भयको छ ।हाल सम्म बिद्यालयका प्र अ बिष्णुप्रसाद गौतमले ६० हजार ,निबर्तमान प्र अ आत्माराम शर्माले ६० हजार ,बमबहादुर चोखालले २५ हजार ,अम्मर बहादुर थापाले  २२ हजार २ सय ,खिम थापाले १० हजार २ सय ,कृष्ण थापाले ६ हजार पाँच सय पचपन्न सहयोग गरेका छन् । त्यसैगरी रिना खड्का ,पद्मा नेपाली ,कमला थापा र चित्र खड्काले प्रतिब्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । स्वर्ण महोत्सबको अबसरमा उठेको चन्द्राबाट बिद्यालयको भौतिक सुधार र शैक्षिक गुणस्तर बृद्धिमा खर्च गरिने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललित मरासिनिले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.