बाग्लुङ्मा दरमखोला ए जलबिद्यूत आयोजनाको निर्माण जेठ भित्र, साढे दुई मेगाबाट बिद्युत उत्पालन ।।
पौष १४–
जिल्लाको दरमखोलामा निर्माणाधिन साढे दुई मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको निर्माणलाई तीव्र पारिएको छ । गैरआवासीय नेपाली र स्थानीयको लगानीमा निर्माण हुने उक्त आयोजनाको आगामी जेठ महिना भित्र निर्माण सक्ने योजनाका साथ काम तीव्र पारिएको सयपत्री हाइड्रो पावर प्रालिले जनाएको छ । हिल र अर्गल गाविसमा पर्ने दरमखोलामा दुई वर्ष अघिदेखि उक्त आयोजना निर्माणको काम थालिएको थियो । उक्त आयोजना निर्माणका लागि ४६ करोड खर्चको अनुमान गरेको हाइड्रो पावरका विकास श्रेष्ठले बताए । विद्युत् आयोजनामा ७५ प्रतिशत शेयर पुँजी गैरआवासीय नेपालीको लगानी र २५ प्रतिशत स्थानीय तथा निजी क्षेत्रको लगानी रहेको छ । उक्त आयोजनामा जापान, चीन र रुसमा बस्ने नेपालीको पनि लगानी रहेको छ । नेपाल विद्युत् प्राधिकरणले हरिचौरमा निर्माण गर्ने सब स्टेसनमा दरमखोला जलविद्युत आयोजनाको विद्युत् जोड्ने तयारी गरेको सयपत्री हाईड्रो पावर प्रालिले जानकारी दिएको छ । परियोजनाका लागि हिल र अर्गल गाविसमा करिब ४० रोपनी जग्गामा काम भईरहेको छ । सो स्थानमा कच्ची सडक समेत पुगेकाले कम लागतमा योजना निर्माण हुने भएकाले लगानीकर्ता उत्साहित छन् । आयोजनामा पावर हाउस निर्माण र पाइप विछ्याउने काम चलिरहेको छ , हाइड्रोपावरका सञ्चाल श्रेष्ठले भने, “दरमखोलाको ३६ सय लिटर प्रतिसेकेन्ड पानी प्रयोगमा ल्याइनेछ ।” आयोजनाले हिल गाबिसको साँदीमा बाँध बाँधेर स्टिल पाइपबाट १ हजार ७ सय ४५ पाईपलाईन मार्फत घुस्मेलीमा करिब ९१ मिटर झारेर पावर हाउस निर्माण गरिने जानकारी दिएको छ । सो आयोजनाबाट उत्पादित विद्युत् क्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग बिद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । हिलको घुस्मेलीदेखि हरिचौर बजार नजिकै निर्माण गरिने विद्युत् सबस्टेसनसम्म करिब पाँच किलोमिटर हाइटेन्सन लाइन योजनाले निर्माण गर्नेछ । विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट रु ८ रुपैयाँ ४० पैसा र वर्षात्को समयमा रु ४ रुपैयाँ ८० पैसाका दरले सम्झौता भएको संचालक श्रेष्ठले बताए ।

No comments: