"2513058968709111" /> ल्होसारको शुभकामना - अनिश शर्मा गैरे
Breaking News
recent

ल्होसारको शुभकामना

नेपाल विभिन्न जातजाती भाषाभाषीले बसोबास गर्ने देश हो । दश बर्षसम्म चलेको जनयुद्ध र ०६२÷०६३ जनआन्दोलनपछि नेपाल गणतन्त्र घोषणा भएसँगै धर्म निरपेक्ष राष्ट्र बनेको छ । सयौं बर्षदेखि एकपक्षिय रुपमा शासन गरेको राजतन्त्रको समाप्तीपछि नेपालमा विभिन्न जाती, बर्ग, क्षेत्र र लिङ्गको पहिचान सहितको राज्य व्यवस्था हुनुपर्ने अभियानमा सबै जातजाती र भाषाभाषी लागिरहेका छन् ।
पटक–पटक भएका राजनीतिक क्रान्तिपछि पनि सबैले खुलेर आफ्नो भाषा र धर्मको प्रचार गर्न नसकेको र आफ्ना पहिचान सहितका सांस्कृतिक र धार्मिक कार्यक्रम पनि गर्न नसकिरहेको अवस्थामा नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भयो  । जुन नेपाली जनताको निम्ति र मुख्यत शोषित,उत्पिडीत बर्गका निम्ति खुशीको कुरा हो । अहिले सबै जातजातीले आफ्ना पहिचान सहितको राज्य माग्ने देखि सांस्कृतिक र धार्मिक चाडपर्व समेत मनाउन पाएका छन् ।
अहिले तमु जातीको मुख्य चाड ल्हेसार अर्थात नयाँबर्ष शुरु भएको छ । यसले तमुजातीको मात्र नभै हिमाल, पहाड र तराई मधेसमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भाव पैदा गराएको छ । यस्ता पर्वलाई कुनै जात विशेषको पर्वको रुपमा मात्र नभै सबै नेपालीले आफ्नै पर्वको रुपमा लिन सकियो भने राष्ट्र अझै मजबुद बन्न सक्छ । देशका सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्न यस्ता पर्वले सहयोग पु¥याउँदै आएको पनि छ । बिक्रम संवतको नयाँ बर्ष,अंग्रेजी नयाँ बर्ष,नेपाल सम्बत, तमु ल्हेसार, शेर्पाको सोनाम ल्हेसारजस्ता पर्वहरुले नेपालीहरुमा भ्रातृत्व र अपनत्व बढाउने गरेको छ ।
नेपाल बहुजातीय, बहुभाषीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको अनुपम नमूना हो भन्ने कुरामा कुनै शंका छैन । यिनै विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमान सबै नेपालीको राष्ट्रिय पहिचान समेत बनेको छ । भाषा, संस्कृति र रीतिरिवाजको दृष्टिकोणले तमु जाती नेपालका समृद्ध र उन्नत जातिमा पर्दछन् । आफ्नो लोक संस्कृतिको उत्थान एवं विकास गर्दै अगाडी बढेको यस जातिले देश वा विदेशमा रहेर पनि राष्ट्र निर्माणमा गरेको योगदान अनुकरणीय र प्रशंसनीय छ ।
यसर्थ, नेपालीहरुले ‘पुषे पन्ध्र’को रुपमा यो पर्व मनाउँदै आएका छन् । तमुजातीले यहि दिनलाई ल्हेसार भनेर आफ्नो जातीको उत्कृष्ट पर्व मान्दै आएको छ । यो पर्व मनाउने जातीले प्रत्येक बर्ष बर्ग फेरिएको भाव सहित पर्व मनाउँदै आएको छ । यस वर्षको तमु ल्होसारले तमुजातीसँगै सम्पूर्ण नेपालीहरुमा नवीन उत्साह, उमङ्ग र हौसला पक्कै मिल्नेछ । नेपालीहरूबीच भातृत्व र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याउने यस्ता पर्वलाई सबैले मनाउने गरेमा एक अर्को जातीप्रति अझै विश्वास बढ्नेछ । यस बर्षको ल्होसारमा सम्पूर्ण तमु ९गुरुङ० जातीलाई यहि शुभकामना । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.