"2513058968709111" /> आज पुषे पन्ध्र पर्व मनाइदै - अनिश शर्मा गैरे
Breaking News
recent

आज पुषे पन्ध्र पर्व मनाइदै

पुस १५ । सुदूरपश्चिममा आज पुषे पन्ध्र पर्व धुमधामसँग मनाईदैछ । हरेक वर्ष पुषको १५ गतेका दिन मनाईने यस पर्वको अवसरमा गाउँ, टोल, छिमेकमा सबै जना एकै ठाउँमा जम्मा भई मिठा–मिठा बात ९कहानी० हाल्ने प्रचलन रहेको छ ।
आजको दिन रातभर जाग्राम बस्दै १५ हात लामो मुढाको आगो ताप्दै आपसमा रमाईलो बाँड्दै रात काट्ने गरिँदै आएको छ । मानिसहरुले आज तरुल, सखरखण्ड, फर्र्सी, पिँडालु आदि उसिनेर खाने गर्दछन् । त्यस्तै आज वनको पूजा समेत गर्ने प्रचलन छ । प्राय आज वनमै गएर सेल, पूरी, झँजे ९चामलको पीठोबाट बन्ने परिकार० आदि मिष्ठान्न परिकार पकाएर खाने प्रचलन छ । आज यस क्षेत्रका मानिसहरुले वनजङ्गलमा काम समेत नगर्ने तथा वनजङ्गलमा काम गर्ने साधन बन्चरो, हँसीया, बनारो ९घाँसपात, दाउरा बान्ने रसी० आदिको पूजा पनि गर्ने गर्दछन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.