आज गुरुङ समुदायको पर्व ल्होसार तथा पुषे पन्ध्र पनि मनाईयो ।।
पौष १५–
आज गुरुङ समुदायको पर्व ल्होसार विभिन्न कार्यक्रम गरि हर्सोल्लासकासाथ मनाईएको छ । हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो । आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरुबाट शुभकामना तथा आशिर्बाद आदान प्रदान गर्ने चलन गुरुङ समुदायमा छ । प्रत्येक १२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । यसपाली गरुड बर्ग छोडेर नाग अथवा सर्प बर्ष लाग्दै छ । ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, दोहोरी प्रतियोगिता, छेलो प्रतियोगिता, नेपाली खाना तथा परिकारहरुको विभिन्न स्टल हरु पनि राखिने जनाइएको छ । प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रपति डा रामबरण यादव लगायत बिभिन्न राजनीतिक दलका नेताहरुले ल्होसारको अवसरमा सुःख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनु भएको छ । सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक बिदा समेत दिएको छ । यसैगरी आज पुसे १५ पर्व मनाइदै छ । सुदुरपश्चिमका मौलिक पर्व मध्येको एक पर्वका रुपमा मनाइने पुस १५ को रात वर्र्षभरीकै लामो हुने जनबिश्वासका साथ रातभर जागराम बसी रमाईलो गर्ने चलन छ । आजको रातमा ठूलाबडाहरुबाट कथा, सुक्तिका साथै दन्तेकथाहरु समेत सुन्ने चलन रहि आएको छ । यसैगरी पुस १५ मा बिभिन्न मीठामीठा परिकारका साथै बिशेष गरि तरुलहरु पकाएर खाने चलन रहेको पाइन्छ । कतै कतै आजका दिन सबै परिवार एक ठाउमा जम्मा भएर चामल, मासको पिठो घीउमा मिचेर बनाईएको भुच्चाने रोटी बनाएर खाने समेत प्रचलन छ । यसैगरी कुलुङ समूदायको चाक्चाकुर पर्व आजदेखि सुरु भएको छ । हरेक वर्ष पुस १५ गतेदेखि तीन दिनसम्म मनाइने यो पर्व सोलुखुम्बुको महाकुलुङ क्षेत्रको रुपमा परिचित बुङ, छेस्काम र गुदेल गाविसमा बस्ने कुलुङहरुले भव्यताका साथ मनाउने गर्छन । सोलुखुम्बुसहित संखुवासभा, भोजपुर, झापा, इलाम, काठमाडौँ लगायत देशका २६ जिल्लामा बसोबास गर्ने कुलुङहरुले चाक्चाकुर मनाउँदै आएका छन् । कुलुङ भाषाको पुस महिनाबाट नामाकरण गरिएको कुलुङहरुको चाक्चाकुर पर्व हिन्दुहरुको दशैँ जस्तै महत्वपुर्ण चाड हो । दशैँमा जस्तै यस पर्वमा पनि टिका लगाउने, इष्टमित्रसँग भेटघाट गर्ने, शुभकामना आदानप्रदान गरि रमाइलोसँग मनाउने गरिन्छ ।

No comments: