छुवाछुत सामाजीक भाईरस भएको रुद्रावति दलित साझा मञ्च गुल्मी तथा वागलुङका उपाध्यक्ष नेपालीको भनाई ।।
पौष १०–
रुद्रावति दलित साझा मञ्च गुल्मी तथा वागलुङका उपाध्यक्ष भेष वहादुर नेपालीले जातिय छुवाछुत प्रथा सामाजिक भाइरस भएको वताउनु भएको छ । दलित सुधार मञ्च दगातुन्डाडाको ९ औं वार्षिकोत्सव तथा सहभोज कार्यक्रमको उद्घाटन गर्दै नेपालीले जसरी भाईरसलाई निर्मुल गर्न ठुलो पर्यत्न गर्नुपर्दछ त्यसै गरि जातिय विभेदलाई अन्त्य गर्न पनि ठुलो चुनौतिको सामना गर्नुपर्ने वताउनु भएको छ । मानिसको चेतनाको परिवर्तन शिक्षा ले गर्ने भएकोले शैक्षिक संस्थाहरुले छुवाछुत अन्त्यको अभियान चलाउनु पर्ने वताउनु भएको छ । उहाँले भाषणमा पहिले नै छुवाछुतको अन्त्य भएको भन्दै व्यावहार परिवर्तनमा सवैले ध्यान दिनुपर्ने वताउनु भएको छ । कार्यक्रममा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष थम्मन वहादुर रेश्मीले कानुनि रुपमा छुवाछुत अन्त्यको घोषणा भए पनि व्यावहारमा परिवर्तन नभएको वताउनु भयो । कार्यक्रममा क्षेत्रिय दलित संजालका सल्लाहकार असोक वि.क., नेकपा एमालेका विष्णु भुसाल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल, रिघा मनेवा दरम खोला जल विद्युत सहकारी संस्थाका सचिव डम्वर श्रीस, वोवाङका दलित प्रतिनिधि, विर वहादुर वि.क., शिसाखानीका दलित प्रतिनिधि नर वहादुर वि.क., मुसिकोटका दलित प्रतिनिधि सुरेन्द्र नेपाली, महिला जागरण केन्द्र दगातुन्डाडाका उपाध्यक्ष हिमा खरेल, सिवाईसि नेपाल शाखा कार्यालय खर्वाङका वरिष्ठ प्रवन्धक शान्ति शर्मा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम दलित सुधार मञ्च दगातुन्डाडाका अध्यक्ष मनोज गैरेको अध्यक्षता, सल्लाहकार संयोजक लक्ष्मण वरालको स्वागत मन्तव्य तथा सचिव काँसिराम वि.क. को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा दगातुन्डाडाका सवै राजनैतिक दल तथा संघ संस्थाको सहभागिता नभएको भन्दै आयोजकले दलितको कार्यक्रम भएकोले उपेक्षा गरेको आरोप लगाएका थिए । औपचारीक कार्यक्रम पछि भएको सहभोज कार्यक्रममा दलितहरु संगै गैरदलित अतिथिहरुको सहभागिता रहेको थियो । सहभोजमा अतिथिहरुले छुवाछुत कुसंस्कार भएको भन्दै मानिस मानिस विच हुने भेदभाव अन्त्य हुनु पर्ने वताएका थिए ।

No comments: