नेपाल महिला संघ गुल्मीको अधिबेशन सकियो, पुनः सापकोटा अध्यक्ष निर्वाचित
पौष १०–
मंगलबार देखी गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाल महिला संघ गुल्मीको अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दुईदिन देखी जारी अधिबेशनले पुनः विष्णु कुमारी सापकोटालाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको छ । यो संगै सापकोटाले नेपाल महिला संघ गुल्मीको नेतृत्व तिन पटक पाएकी हुन् । संघको उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने सचिव देवी कुँवर,पार्वती केसी,कोषाध्यक्ष देवी पुन र क्षेत्रिय सभापतिहरुमा क्षेत्र नं १ को मिना जिसी,क्षेत्र नं २ को लक्ष्मी पाण्डेय र क्षेत्र नं ३ को अनिशा अर्याल रहेका छन् । अधिबेशनलाई सम्वोधन गर्दे गुल्मी क्षेत्र नं १ का सभाषद कृष्ण बहादुर छन्तेलले राजनितिमा महिलाहरुको सहभागिता हुनु एउटा महिला ससक्तीकरण भएको बताए । नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र केसीले पार्टीमा महिला सहभागिताले पार्टी र संगठन बलियो हुने बताए । कार्यक्रमको सञ्चालन सचिब अम्वीका श्रेष्ठले गरेकी थिईन् ।

No comments: