"2513058968709111" /> नेपाल महिला संघ गुलमीद्धारा पत्रकार गगनशीला खड्का सम्मानित - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल महिला संघ गुलमीद्धारा पत्रकार गगनशीला खड्का सम्मानित

पौष १०–
नेपाल महिला संघ गुल्मीले सञ्चारीका समुह गुल्मीका अध्यक्ष तथा पत्रकार गगनशीला खड्कालाई सम्मान गरेको छ । नेपाली रेडियो क्षेत्रकै सर्वाधिक राशिको रेडियो कान्तिपुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएकी खड्कालाई संघले जिल्लामा महिला पत्रकार भएर पनि जुझारु पत्रकारको रुपमा रही पत्रकारीता क्षेत्रमा प्रगती गरेर जिल्लाको शिर उँचो राख्न सफल भएको भन्दै सम्मान गरेको हो  । देशभरीका १ सय ५० वटा रेडियोको प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भई गुल्मीलाई पत्रकारीताको क्षेत्रमा चिनाउन सफल भएको  भन्दै आफ्नो तेश्रो जिल्ला अधिबेशनको अवसर पारेर सम्मान गरेको हो । सञ्चार क्षेत्रमा क्रियाशिल रही योगदान पु¥याएवापत बरिष्ठ व्यक्तीहरुलाई प्रदान गरिने प्रतिष्ठित र महत्वपुर्ण पुुरस्कार बाट पुरस्कृत हुन सफल भएको भन्दै खड्कालाई गुल्मी क्षेत्र नं १ सभाषद कृष्ण बहादुर छन्तेल,नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र केसी र नेपाल महिला संघ गुल्मीका सभापति विष्णु कुमारी सापकोटाले सम्मानपत्र र खाँदा ओढाएर सम्मान गर्नुभएको हो । खड्काले पाएको पुरस्कारले गुल्मेली महिलाहरुको शिर उचो स्थानमा पु¥याउन सफल भएको नेपाल महिला संघ गुल्मीकी सभापति विष्णु कुमारी सापकोटाले बताउनुभयो । आफ्नो १६ औँ बार्षिक उत्वसवको अवसरमा पारेर रेडियो कान्तिपुर प्रत्येक बर्ष प्रदान गर्ने पुरस्कार यस भन्दा अगाडी बरिष्ठ सञ्चारकर्मी भैरव रिसाल,प्रविण गीरी र कृष्णा ताम्राकारले पाएका छन भने चौथो पटक गुल्मीकी खड्काले पाउनुभएको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.