एमाओवादी विवाद भट्टराई पक्षका २ नेता केन्द्रिय समितिबाट निलम्बित ..
श्रावण २०
एकीकृत माओवादीले बाबुराम भट्टराई पक्षका नेता गंगा श्रेष्ठ र रामरिझन यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ ।बेलुकी बसेको स्थायी समिति बैठकले दुई जना नेतालाई निलम्बन गरेको हो । धनुषामा समानान्तर जिल्ला समिति घोषणा गर्ने कार्यक्रममा ‘प्रमुख अतिथि बनेकोमा श्रेष्ठलाई तीन र विशेष अतिथि बनेकोमा यादवलाई एक महिनाका लागि निलम्बन गरिएको’ एकीकृत माओवादीका नेता हितराज पाण्डेले जानकारी दिनुभयो ।पहिले नै जिल्ला समिति बनेको धनुषामा भट्टराई पक्षले अलग सम्मेलन गरी समानान्तर जिल्ला समिति घोषणा गरेको थियो । त्यस्तै एकीकृत माओवादीको संस्थापन पक्षले बाबुराम भट्टराई र देवेन्द्र पौडेललाई स्थायी समिति र टोपबहादुर रायमाझीलाई सचिवबाट हटाउने तयारी गरेको छ ।स्थायी समिति बैठकमा लगातार तीन पटक उपस्थित नभएको भन्दै हटाउने तयारी भएको हो । ‘उहाँहरु लगातार तीन वटा बैठकमा आउनुभएको छैन ।’ अध्यक्ष प्रचण्ड पक्षीय एक पदाधिकारीले भने ‘तीन पटक लगातार बैठकमा उपस्थित नभएमा हटाउने व्यवस्था छ । हामी एक पटक सोध्छौं । नआए विधानमा भए अनुसार कदम चाल्छौं ।’

No comments: