"2513058968709111" /> दाजुलार्इ छुटाउन प्रहरीलार्इ घुस दिन खोज्दा गहना ब्यापारी फन्दामा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दाजुलार्इ छुटाउन प्रहरीलार्इ घुस दिन खोज्दा गहना ब्यापारी फन्दामा ।।

श्रावण २०
सुन डकैतीमा संलग्न दाजुलार्इ छुटाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमै पुगेर घुस दिन खोज्ने एक गहना व्यापारी फन्दामा परेका छन् । सोमबार दिउँसो व्युरोको कार्यालयमा पुगेका काठमाडौँमनपा–६ का चाँदनी गहना इन्टरप्राइजेजका सञ्चालक ४२ वर्षीय जवर श्रेष्ठ व्युरोका अनुसन्धान अधिकृतलार्इ घुस दिन खोज्दा पक्राउ परेका हुन् ।
दाजु भिमसेन श्रेष्ठलाई छुटाउन एक अनुसन्धान अधिकृतलार्इ व्यूरोकै गोप्य कोठामा बोलाएर घुस दिन खोज्दा उनी उल्टै प्रहरी खोरमा पुगेका हुन् । दाजुलार्इ जसरी भएपनि छुट्याई दिए जति पनि दिने भन्दै प्रलोभनमा पार्न खोजेपछि श्रेष्ठलार्इ पक्राउ गरी हिरासतमा लिइएको व्यूरोले जनाएको छ ।
श्रेष्ठले घुस दिन खोजेपछि व्यूरोका प्रहरीले तत्कालै उनले बोकेको झोला खानतलासी गर्दा तीन लाख ५० हजार रुपैयाँ फेला परेको थियो । रकम बरामद भएपछि पिसाव गर्न शौचालय गएका श्रेष्ठले एभरेष्ट बैंक चावहिल शाखाको २ थान खाली चेक च्यातेर फ्याकेको अवस्थामा भेटिएको ब्यूरोले जनाएको छ ।
दाजु छुटाउन कार्यालयमै पुगेर घुस दिन खोज्ने श्रेष्ठलार्इ पक्राउ गरी भ्रष्टाचार निवारण ऐन ०५९ अन्तर्गत थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा बुझाइएको व्युरोले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.