मालीका तरकारी कृषक समुह कुर्घा ५ भुवाचिदि का कषक हरुले ब्यबसायिक तरकारी खेती सुरु ।।
अनिश गैरे रेडियो पुष्पाञ्जली वामी गुल्मी ।
श्रावण २०
मालीका तरकारी कृषक समुह कुर्घा ५ भुवाचिदि का कषक हरुले ब्यबसायिक तरकारी खेती सुरु गरेका छन् । २०६९ सालदेखी सामुहिक तरकारी खेती सञ्चालन गरी स्थानिय बजार भुवाचिदि र वामी टक्सार लगायत यस वरपरका ठाउँहरुमा बिक्रिबितरण सुरु भईरहेको समुहका अध्यक्ष हेमराज शर्माले जानकारी दिनुभयो । साथै सोही समुह द्धारा ब्यबसायिक तरकारी , काउली , बन्दा लगायतका तरकारी उत्पादन थालिएको उहाँ बताउनुहुन्छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मी द्धारा अनुमति लिई २३ जनाको समुहमा सोही कार्य थालिएको हो । कुर्घा गाबिसमा कृषि सहकारी नभएको र सोही समुहको पहलमा गुणस्तरीय रासायनीक मलको समेत बितरण सुरु गरिएको समुहका अध्यक्ष शर्माले जानकारी दिनुभयो । जसअनुसार बजारको मुल्य भन्दा सस्तो र सुलभ मुल्यमा युरिया , डिएपी र पोटास मलको बितरण भएको उहाँ बताउनुहुन्छ । साथै भाबी दिनमा समुहले कृषकहरुलाई गुणस्तरीय बिउबिजनहरु समेत उपलब्ध गरायने प्रयास भइैरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

No comments: