"2513058968709111" /> गुल्मी वामी ५ लम्तरीका एक किसान द्धारा बाख्रापालन ब्यबसाय गरी मनग्य आम्दानी गर्न सफल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी वामी ५ लम्तरीका एक किसान द्धारा बाख्रापालन ब्यबसाय गरी मनग्य आम्दानी गर्न सफल ।।

अनिश गैरे,  वामीटक्सार , गुल्मी
हिँजोआज रोजगारीको खोजीमा खाडी मुलुकमा धाउने युवाहरुको जमात ह्वात्तै बढेको छ । कसैले त राम्रै आम्दानी गरेका छन् तर कसैले भने शुन्य हात लिएर घरमा फर्कनुपरेको अवस्था छ,भने कसैले अकालमै ज्यान पनि गुमाईरहेका छन् । पछिल्लो यस्तो परम्परालाई चुनौती दिँदै गुल्मी वामी ५  लम्तरीमा बस्नुहुने घनश्याम आचार्य भने ब्यबसायिक बाख्रापालन ब्यबसाय गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बिगत एक बर्षबाट बाख्रापालन ब्यबसाय सुरु गर्नुभएका आचार्यले शुरुमा १८ वटा साना बाख्रा लिएर ब्यबसाय सुरु गर्नुभएको तर सफलता प्राप्त गर्न नसकी बदली गरी माउ बाख्रा खरिद गरी ब्यबसाय पुनः सुरु गरेको बताउनुहुन्छ । ब्यबसाय शुरु गर्दा आफुलाई घाटा भएको तर आफु निरास नभईकन लागेकोले सफलता प्राप्त गर्न सफल हुनुभएको हो । बिदेसीएर आफनो इज्जत बेच्नुभन्दा स्वदेशमै केही गरेमा सफलता प्राप्त गर्न सकिने उहाँको भनाई छ । ब्यबसायबाट उहाँले ६ महिनामा ५० हजार भन्दा बढि आम्दानी गर्न सफल हुनुभएको छ ।
नियमित रुपमा सफलता प्राप्त गर्दे जादा उहाँले बाख्राको सँख्या बढाउने बताउनुभयो । आचार्यले बाख्रापालनको साथसाथै बिभिन्न बिउबिजनहरु तथा तरकारीका बेर्ना बिक्रि गर्नुका साथै सुन्तला ब्यबसाय समेत गरेको बताउनु भयो । यस्तै गरी सम्पुर्ण बिदेशीएका युबा हरुलाई स्वदेश फर्केर केही गर्न समेत उहाँले आग्रह गर्नु भयो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.