"2513058968709111" /> प्यूठानी हर्बल साबुन जापान निर्यात, साबुन उद्योगमा आर्कषण बढदो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्यूठानी हर्बल साबुन जापान निर्यात, साबुन उद्योगमा आर्कषण बढदो ।।

प्यूठानमा उत्पादित हर्बल साबुन जापान पुग्न थालेपछी यहाँका उद्यमीहरु साबुन उत्पादनमा थप आर्कषित भएका छन् । स्थानिय कच्चा पदार्थहरुको प्रयोग गरि उत्पादन भएको हर्बललाई सहजै रुपमा बिदेश निर्यातको ब्यबस्था गरेसंगै हर्बल साबुनमा उद्यमिहरुको आर्कषण बढेको हो । प्यूठान नगरपालिकाको मरन्ठानामा पहिलो पटक २०५९ सालमा स्थापना भएको हर्बल साबुनले अहिले स्थानियमात्रै नभई बिदेशि चर्चा समेत पाउन थालेको छ । मरन्ठानामा स्थापना भएको झिमरुम हर्बल साबुनको जापानमा निर्यात तथा चर्चा हुन थालेपछि जिल्लामा यस क्षेत्रमा लाग्न चाहानेहरुको संङख्या बढेको हो । मरन्ठाना १ गुरीगाँउमा रहेको उद्योगले गाँउमै पाईने ध्यूकुमारी,नीम,च्यूरी र तेल प्रयोग गरी हर्बल साबुन उत्पादन गर्ने गरेको उद्योग संञ्चाकल दुर्गा केसीले बताउनु भयो । प्राकृतिक बस्तुको प्रयोगले उत्पादन भएको साबुन कस्मिटिक बस्तुको प्रयोगबाट उत्पादन भएको भन्दा गुणस्तरीय र प्रयोगका लागि पनि उत्तम मानिन्छ । घरेलु उद्योगको क्षेत्रमा हर्बल उद्योग नेपालकै नमुना उद्योग भएको साना तथा घरेलु उद्योग बिकास अधिकृत राम बहादुर रानाले बताउनु भयो । जिल्लामा साबुन उद्योग तर्फ आकर्षण बढ्दै गएको कार्यालयले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.