"2513058968709111" /> वामीको शनिबारे हाटबजार प्रभावकारी बन्दै,उपभोक्ताहरु बढे,कृषि उपज भने कमी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीको शनिबारे हाटबजार प्रभावकारी बन्दै,उपभोक्ताहरु बढे,कृषि उपज भने कमी ।।

अनिश गैरे वामी
गुल्मीको वामीटक्सार गाउँ विकास समितिमा प्रत्येक शनिबार लाग्ने गरेको हाटबजार प्रभावकारी बन्दै गएको छ ।
लक्ष्मी नारायण कृषि सहकारी संस्था वामीको सक्रियतामा हरेक शनिबार वामीको जिपपार्क स्थित हाटबजार स्थलमा लाग्ने गरेको शनिबारे हाटमा किनमेल बढ्न थालेको छ । सुरुवातमा हाटबजार स्थलमा फ्याट्ट फुट्ट कृषकहरु मात्रै बिक्रि वितरणको लागि हटबजारमा उपस्थित हुने गरेपनि आजभोलि भने बाक्लै कृषकहरु उपस्थित हुन थालेका छन् । वैशाख १३ गते शनिबार देखि सुरु भएको हाटबजार श्रावण सम्म आईपुग्दा व्यापारमा समेत वृद्धि हुन थालेको छ ।
उत्पादित वस्तुले बजार पाउने भएपछि अहिले कृषकहरुलाई विस्तारै यसप्रति आकर्षण बढ्दै गईरहेको लक्ष्मी नारायण महिला कृषि सहकारी सस्ंथाकी अध्यक्ष विजया कुमारी मल्लले बताउनुभयो ।उता आफ्नो उत्पादित वस्तुले बजार पाउन थालेपछि खुसी भएका छन् । हाटबजार पछिल्लो समयमा प्रभावकारी बन्दै गएपछि उपभोक्ता माग बढ्दै गएकोले  हाटबजारमा कृषि उपजको भने कमी भएको छ । आफ्नो घरमा उत्पादित तरकारीले आफ्नै ठाउँमा बजार पाएकोमा खुसी व्यक्त गर्दै कृषि हाटबजारमा आफ्नो तरकारी बिक्रि गर्न आउनु भएका स्थानीय कृषक लक्ष्मण पन्थले आफुहरु उपभोक्ताको मागलाई पुरा गर्न नसकेको बताउनुभयो ।
यसरी उपभोक्ताहरुको माग बढ्दै जान थालेपछि कृषकहरुको संख्यामा पनि वृद्धि भएको संस्थाकी सचिव यमुना घिमिरेले जानकारी दिनुभयो ।अझै पनि कुनै कृषकहरु हाटबजारमा आएर आफुले उत्पादन गरेको सामाग्री बेचबिखन गर्नबाट छुटेको भए निर्धक्क कृषि उपज हाटबजार स्थल आएर बिक्रि वितरण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
खासगरी शनिबार वामीटक्सार बजार बन्द रहने भएकोले पनि हाटबजारले प्राथमिकता पाएको आँकलन गरिएको छ ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.